भलिबलको उपाधि महेन्द्र दललाई

पटिहानी । पद्मोदय खुला पुरुष भलिबल प्रतियोगिता–२०७३ को उपाधि नेपाली सेनाको दि फेमश महेन्द्र दल गण भरतपुरले उचालेको छ ।
शनिबार भएको फाइनल प्रतिस्पर्धामा जितपुर युवा क्लबलाई २५–१५, २५–१७ र २५–१५ को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि माथि कब्जा जमाएको हो । उपाधिसँगै आर्मीले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको जितपुरले नगद ३० हजारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष रामहरि सेढाईले बताए ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जितपुरका सुरज चौधरी घोषित भए भने अनुशासित टिममा किसान युवा क्लब दद्रेनी घोषित भए । विजेता टिमलाई प्रमुख अतिथि समाजसेवी प्रेमलाल चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
पदमोदय युवा क्लब भरतपुर–२७ पदमपोखरीको आयोजनामा महाशिवरात्रिको अवसरमा भएको प्रतियोगितामा कूल ११ टिमले प्रतिस्पर्धा गरेका थिए । क्लबका अध्यक्ष रामहरि सेढाईंको अध्यक्षतामा भएको समापन कार्यक्रममा पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्ट , नेपाली कांग्रेस वडा सभापति युवराज क्षेत्री, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष दिननाथ आचार्य, विभिन्न संघसंस्थाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

The post भलिबलको उपाधि महेन्द्र दललाई appeared first on चितवन पोष्ट.