उम्मेदवारी दर्ता गर्न ¥याली, कहाँ कहाँ भेला हुदैछन् ?

उम्मेदवारी दर्ता गर्न ¥याली, कहाँ कहाँ भेला हुदैछन् ?

भरतपुर, वैशाख १९ ।
चितवनमा क्रियाशिल राजनीतिक दलले नारा, ¥याली सहित स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय जाने तयारी गर्दैछन् । स्थानीय तह भित्रका पार्टी कार्यालयमा जम्मा भएर मोटरसाइकल, नाचगान, नारा लगाउँदै उम्मेदवारी दर्ता गर्न जाने तयारी गरिरहेका छन् । भरतपुर महानगरमा पनि दलिय झण्डा सहित नेता, कार्यकर्ता भेला हुन थालेका छन् ।

चितवनमा ३ लाख १३ हजार २ जना मतदाता छन् । चितवनका सात तहबाट २ सय २४ जना निर्वाचित हुदैछन् । स्थानीय तहको चुनाव वैशाख ३१ गते पहिलो चरणमा हुदैछ । उम्मेदवारको मनोनयन दर्ता गर्ने समय विहान १० बजेदेखि ५ बजेसम्म छ । उम्मेदवारको सूचि बेलुका साढे ५ बजे प्रकासन हुनेछ । उम्मेदवारको अन्तिम नामावली २२ गते प्रकाशन हुनेछ । नेपाली कांग्रेस चितवनले महानगरमा उम्मेदवारी दिन प्रहरी कार्यालयको आडैमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने तयारी गरेको छ । “पार्टी कार्यालयमा नेता, कार्यकर्ता भेला हुन सुरु भएको छ”, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले भने, “१ बजे महानगर क्षेत्रका सबै उम्मेदवारको नाम दर्ता गरिनेछ ।” अन्य नगरपालिका, गाउँपालिकामा सोहि क्षेत्रमा पर्ने नगर समिति, क्षेत्रिय समितिले ¥याली सहित उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेको बताए । महानगरपालिकाको मेयर तथा उपमेयर पदमा भने विहान ११ बजेसम्म टुंगो लाग्न नसकेको स्रोतले जनाएको छ । यद्यपी मेयरमा मिलनबाबु श्रेष्ठ, उपमेयरमा मिना खरेलकै नाम पर्ने प्रवल सम्भवना रहेको स्रोतको दावी छ । कांग्रसले अन्य तहमा वडाध्यक्ष, वडा सदस्य, मेयर, उपमेयर, सदस्यको टुंगो लगाइसकेको छ ।
एमाले चितवनले महानगरपालिकाका उम्मेदावर सहित मनोनयन दर्ता गर्न पौने १२ बजे पार्टी कार्यालय कृष्णपुरबाट हिड्ने तयारी गरेको छ । “नेता, कार्यकर्तामा उत्साह छाएको छ”, एमाले सचिव पार्वती रावलले भनिन्, “जिल्लाका अन्य तहमा नगरसंयोजकको नेतृत्वमा ¥याली सहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने तयारी भैरहेको छ ।” भरतपुर महानगरमा देवी ज्ञवाली मेयरमा र दिव्या आचार्य उपमेयरमा छानिएकी छन् ।
माओवादी केन्द्रले चितवनले ¥याली, नाचगान सहित उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । माओवादी केन्द्र चितवनका संयोजक यमबहादुर परियार ‘इन्द्रजीत’ले महानगरपालिकाको उम्मेदवारी दर्ता गनए चितवन मेडीकल कलेज अगाडी जम्मा भएर जाने तयारी गरेको बताए । दिउसो साढे १२ बजेभित्रउम्मेदवारी दर्ता गराईसक्ने तयारी भएको बताए । अन्य क्षेत्रमा पनि चुनावी माहोल बन्दै गएको बताए । महानगरमा मेयर पदमा रेणु दाहाल, उपमेयरमा सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गर्दैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले साढे १ बजेभित्र सबै तहबाट उम्मेदवारी गर्ने तयारी गरेको छ । राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले पार्टी कार्यालयहरुमा कार्यकर्ता उत्साहजनकरुपमा जम्मा हुन थालेको बताए । महानगरको मेयर पदमा बद्री तिमिल्सेना, उपमेयरमा हिमला गुरुङले उम्मेदवारी दिदैछन् । यस्तै अन्य दल पनि कार्यकर्ता सहित उम्मेदवारी दर्ता गर्न जाने तयारी गर्दैछन् । चितवनमा निर्वाचन अधिकृतको कार्यालय महानगर क्षेत्र बाहेक अन्यमा नगरपालिका कार्यालयमा कायम गरिएको छ । चितवनमा १६ राजनीतिक दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न प्राप्त गरेका छन् ।