गैँडाकोटमा ३ सय ८२ जनाको उम्मेदवारी

श्रीधर उपाध्याय
गँैडाकोट नगरपालिकामा स्थानीय निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्ता अन्तर्गत तीन सय ८२ जनाले उम्मेदवारी दिएका छन् । गैँडाकोट नगरपालिकाको प्रमुखका लागि १० जना र उपप्रमुखका लागि ७ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुखका लागि ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । १८ वटा वडा रहेको गँैडाकोट नगरपालिकामा ८५ जनाको वडा अध्यक्षका लागि उम्मेदवारी परेको छ । महिला सदस्यमा ७० जना, दलित महिला सदस्यमा ६६ जना, खुल्ला वडा सदस्यमा १ सय ४४ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्ष, सदस्यहरुको मात्रै गैँडाकोट नगरभित्र ३ सय ६५ जनाको उम्मेदवारी रहेको छ ।
सबै भन्दा बढी वडा अध्यक्षका लागि दाबी गैँडाकोट १ मा परेको छ । वाड नं. १ मा वडा अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले जनाएको छ । गैँडाकोट ३ मा जम्मा २ जनाको मात्र दलित महिला सदस्य पदका लागि उम्मेदवारी परेको छ ।
सबै भन्दा बढी उम्मेदवारी गैँडाकोट २ र गैँडाकोट ७ मा २६÷२६ जनाको उम्मेदवारी परेको छ । सबै भन्दा कम उम्मेदवारी गैँडाकोट १० र गैँडाकोट १८ मा १६÷१६ जनाको उम्मेदवारी परेको छ ।