देवचुली नगरपालीकामा उम्मेदवारी दर्ता कस्तो

देवचुली नगरपालीकामा उम्मेदवारी दर्ता कस्तो

vlcsnap-2017-05-03-14h59m45s251बिबेक भण्डारी २०, नवलपरासीको देवचुली नगरपालीकामा मेयर पदका लागी १० जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरका लागी ५ जनाको उम्मेदवारी परेको छ । देवचुली नगरपालीकामा नेपाली कागेंसबाट पुर्णकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने उप मेयरपदका लागी लक्ष्मि बस्ताकोटीले उम्मेदवारी दर्ता गरेकी छन । यस्तै नेकपा एमालेबाट मेयरमा हरी प्रसाद न्यौपाने र उपमेयरमा पार्वती तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मेयरमा सत्यनारायण भुषाल र उपमेयरमा पे्रमा कुमारी खनालले उम्मेदवारी दर्ता गराएका छन । यस्तै राष्ट्रिय जनमोर्चा पार्टीबाट बिश्वनाथ पौडेल, नया शक्ति पार्टी नेपालबाट जगन्नाथ अर्याल, राप्रपाबाट दिपक पौडेल र राष्ट्रिय जनमुक्ति पार्टी बाट भुम बहादुर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट युवराज वाग्लेले मेयर पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्र रुपमा रामबहादुर बिक र तुलसीराम भुषाल गरी २ जनाले मेयर पदका लागी उम्मेदवारी दिएका छन् । उपमेयर पदका लागि नै राप्रपबाट कल्पना श्रेष्ठ, नया“ शक्तिबाट अस्मिता गैहे्र र स्वतन्त्र रुपमा टिका घिमिरेले उम्मेदवारी दर्ता गराएका छन ।