भेटेरिनरी विधार्थी एक्स्चेन्ज कार्यक्रम सम्पन्न

भेटेरिनरी विधार्थी एक्स्चेन्ज कार्यक्रम सम्पन्न


२० बैशाख ।
इन्टरनेशल भेटेरिनरी स्टुडेन्ट एसोसिएसन नेपाल (IVSA Nepal) विश्वका ६२ भन्दा बढी रास्ट्र मध्य नेपाली भेटेरिनरी विधार्थिहरु प्रतिनिधित्व गरिरहेको अन्तरास्ट्रिय संस्था हो । पशु स्वास्थ्य , भेटेरिनरी शिक्षा र एक स्वास्थ्यको पक्षमा सक्रीयता पूर्वक कार्य गरिरहेको यस संस्थाले रास्ट्रीय तथा अन्तरास्ट्रीय रुपमै निकै ख्यातीप्राप्त कामहरु गर्दै आइरहेको छ ।
यसै अनुरुप यसपटक भने यो संस्थाले चेक रिपब्लिक र स्लोभाकिया बाट प्रतिनिधि स्वरुप आएका ६ जना भेटेरिनरी विधार्थीहरुसगँ – “आइ भि एस ए एक्स्चेन्ज प्रोगाम” सम्पन्न गरेको छ । यो यी दुई देशका आइ.भि.एस.ए ब्रनोका विधार्थिहरु संग दोश्रो एक्स्चेन्ज भएको र आगन्तुक भेटेरीनरी विधार्थीहरुको संलङ्नतामा देशका चार ओटा पशु चिकित्सा अद्यापन गराइने क्याम्पस संगसंगै पर्यटकिय स्थल अवलोकन गराइएको IVSA Nepal का एक्जेन्ज अफिसर विस्णुहरि शर्माले बताउनु भयो ।

अप्रिल १६ देखि मे १ सम्म चलेको एक्स्चेन्ज कार्यक्रममा आगन्तुक विधार्थीहरुलाइ काठमाडौ, पोखरा, लुम्बिनी र चितवनका शैक्षिक एवं पर्यटकिय हिसाबले महत्वपूर्ण विषय र स्थानहरुमा भ्रमण गराइएको थियो । त्यसबिचमा आगन्तुक विधार्थी हरुले पक्लिहवा क्याम्पसमा आयोजित Symposium साथै चितवनको शरणपुरमा संस्थाले आयोजना गरेको निशुल्क पशु स्वास्थ्य शिविरमा पनि भाग लिएका थिए।

बिधार्थी एक्सेन्ज कार्यक्रम यस संस्थाका उद्देश्यहरु मध्यको प्रमुख रहेको र यसबाट विधार्थिहरुले शैक्षिक मात्र नभइ संस्कृति र जिवनयापन बारे ग्यान आदान प्रदान गर्न सकिने कुरा यस संस्थाका अध्यक्ष युवराज पन्थले बताउनुभयो ।