मध्यबिन्दु नगरपालिकामा मनोनयन दर्ता कस्तो

मध्यबिन्दु नगरपालिकामा मनोनयन दर्ता कस्तो

अस्मिता भण्डारी २० , मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा चन्द्र वहादुर राना र उपप्रमुखमा ओम कुमारी महतोले उमेद्धारी दर्ता गराएका छन । नेकपा एमालेबाट मेयरमा भिमलाल अधिकारी र उपमेयरमा जोगमाया महतोले उमेद्धारी दिएका छन । यस्तै माओवादी केन्द्रबाट मेयरमा शुष्मा खनाल र उपमेयरमा चुडा ब. आलेको उमेद्धारी दर्ता गरिएको छ । यस्तै राप्रपाबाट मेयरमा नन्द प्रसाद अर्याल र उपमेयरमा धनमाया अधिकारी पाण्डेले उमेद्धारी दर्ता गराएका छन । राष्ट्रिय जनमोर्चाबाट मेयरमा मान वहादुर बोहरा र उपमेयरमा सिमा कुमारी विकको उमेद्धारी परेको छ भने राष्ट्रिय जनमुक्ती पार्टीबाट मेयरमा तिल वहादुर झेडीको उमेद्धारी परेको छ । यस्तै देशभक्त जनगणत्रान्त्रिक मोर्चाबाट मध्यविन्दुमा खड्ग वहादुर बाह्रघरेको उमेद्धारी परेको छ । जनजातिबाट मेयरमा गणेशमान महतो र उपमेयरमा श्यामबहादु कुमालले उमेदवारी दर्ता गराएका छन् ।