मृतसञ्जीवनी विद्याको प्रभाव

मृतसञ्जीवनी विद्याको प्रभाव

डा. मतिप्रसाद ढकाल
dhakalmatip@gmail.cm
कुनै समयमा चराचर प्राणीहरुसहित समस्त त्रिलोकको ऐश्वर्यका लागि देवताहरु र दानवहरुका बीचमा अत्यन्त ठूलो सङ्घर्ष भएको थियो । त्यस युद्धमा विजय पाउने इच्छाले देवताले अङ्गिरस मुनिका पुत्र बृहस्पतिलाई र दानवले शुक्राचार्यलाई पुरोहितका रुपमा नियुक्त गरे । देवताद्वारा युद्धमा मारिएका दानवहरुलाई शुक्राचार्यले आप्mनो मृतसञ्जीवनी विद्याका बलले पुनः जीवित गरिदिएपछि तिनीहरु पुनः देवतासँग युद्ध गर्न लागे । परन्तु, मृतसञ्जीवनी विद्याको ज्ञान नभएका कारण युद्धमा दानवद्वारा मारिएका देवतालाई बृहस्पतिले पुनः जीवित गर्न नसकेकाले देवताहरु अत्यन्त दुःखी भएर बृहस्पतिका ज्येष्ठ पुत्र कचका नजिकमा पुगे र शुक्राचार्यसँग मृतसञ्जीवनी विद्या सिकेर देवताहरुको उद्धार गर्न अनुरोध गरे । आप्mनो शीलस्वभाव, उदारता, मधुर व्यवहार, सदाचार र इन्द्रियसंयमद्वारा शुक्राचार्यकी पुत्री देवयानीलाई सन्तुष्ट गरेर शुक्राचार्यसँग मृतसञ्जीवनी विद्या प्राप्त गर्न समर्थ हुने कुरा देवताले कचसँग व्यक्त गरे । कचले त्यस अनुरोधलाई सहर्ष स्वीकार पनि गरे ।
सम्पूर्ण देवताहरुको इच्छा पूरा गर्नका लागि कच दानवराज वृषपर्वाको नगरमा पुगी शुक्राचार्यलाई भेटेर आपूmलाई शिष्यत्व स्वीकार गर्न आग्रह गरे । कचको आदरसत्कार गर्न पाउँदा बृहस्पतिको आदरसत्कार हुने ठानेर शुक्राचार्य कचलाई शिष्यत्व स्वीकार्न मन्जुर भए । कचले पनि एकहजार वर्षसम्म शुक्राचार्यका समीपमा रहेर ब्रह्मचर्य व्रतको पालना गर्ने अनुमति पाए । कच शुक्राचार्य र देवयानीको आराधनामा निरन्तर संलग्न रहे । देवयानी पनि नियमपूर्वक ब्रह्मचर्य धारण गर्ने कचका सामुन्ने रहेर आमोदप्रमोद गर्दै कचको सेवा गर्न थालिन् ।
कचले ब्रह्मचर्य व्रतको पालना गर्दै पाँचसय वर्ष व्यतीत गरिसकेको कुरा दानवहरुलाई थाहा भयो र उनीहरुले बृहस्पतिको द्वेष र मृतसञ्जीवनी विद्याको रक्षाका लागि कचलाई मारेर मृतशरीरलाई टुक्रा टुक्रा पारी कुकुर र स्याललाई बाँडिदिए । गाई चराउन वनमा पुगेका कचविना नै गाईहरु घर फर्किएको देखेर देवयानीले पितासँग कच मारिएको हुँदा कचविना आपूm जिउन नसक्ने चिन्ता प्रकट गरिन् । त्यसपछि शुक्राचार्यले मृतसञ्जीवनी विद्याको प्रयोग गरी कचलाई ‘आऊ’ भनेर पुकार्दा कुकुरको शरीर फोरेर कच प्रकट भई दानवद्वारा आपूm मारिएको सारा वृत्तान्त देवयानीलाई सुनाए ।
एकदिन देवयानीले कचलाई वनमा गई पूmल लिएर आउन भनिन् । पूmल लिन वनमा जाँदा दानवहरुले देखेर कचलाई पिसपास गरी समुद्रको जलमा घोलिदिए । पूmल ल्याउन बिलम्ब गरेको देखेर देवयानीले पितासँग अनुरोध गरिन् । शुक्राचार्यले पुनः मृतसञ्जीवनी विद्याद्वारा कचलाई बोलाए । शुक्राचार्यले बोलाएको सुनेर कच पुनः जीवित भएर आइपुगे र दानवहरुले आपूmमाथि गरेको कुकृत्य सुनाए । त्यसपछि दानवहरुले पुनः तेस्रोपटक कचलाई मारेर आगामा जलाए र जलेका लासको खरानीलाई मदिरामा घोलेर शुक्राचार्यलाई पिलाए । त्यतिबेला पनि देवयानीले शुक्राचार्यसँग कचलाई पुनर्जीवित गर्न अनुरोध गरिन् ।
तेस्रोपटक कचलाई पुनर्जीवित गर्न देवयानीले गरेको अनुरोधलाई भने शुक्राचार्यले सहर्ष स्वीकार गर्न सकेनन् । जतिपटक पुनर्जीवित गरे पनि कच मारिएको मारियै भएको हुँदा अब यसलाई पुनर्जीवित गर्न सकिँदैन भनी कच मरेकामा शोक नगर्नू र नरूनू भनेर शुक्राचार्यले देवयानीलाई सम्झाए । कच आप्mना लागि अत्यन्त प्रिय रहेका र उनीविना आपूm बाँच्न नसक्ने भएकाले खानपीन छाडेर आपूmले कचकै मार्ग अनुसरण गर्छु भनेर देवयानीले पिताका सामुन्ने अड्डी लिइन् । त्यसपछि अत्यन्त दुःखी भएर कचलाई पुकार्दैै ब्राह्मणत्वलाई गिराउने र आप्mनाविरूद्ध आचरण गर्ने दानवहरुप्रति शुक्राचार्य क्रुद्ध भए ।
कचलाई बोलाउँदा शुक्राचार्यले कच आप्mनै पेटमा रहेर बोलिरहेको सुने । त्यसपछि शुक्राचार्यले आश्चर्य प्रकट गर्दै कचलाई आप्mना पेटमा रहनुको कारण सोधे । कचले आप्mनै गुरूको पेट फोरेर प्रकट हुँदा आप्mनो तपस्या नाश हुने भएकाले गुरूकै पेटमा क्लेश सहेर बस्न मन्जुर रहेको कुरा व्यक्त गरे । त्यसपछि शुक्राचार्यले देवयानीसँग आप्mनो वधबाट नै कचलाई जीवित गर्न सम्भव रहेको रहस्य बताए । कच नष्ट हुँदा आपूmलाई शान्ति नमिल्ने र पिताको वध हुँदा आपूm जीवित नै रहन नसक्ने कुरा देवयानीले शुक्राचार्यसँग प्रकट गरिन् । त्यसपछि शुक्राचार्यले देवयानीको भक्त भएकाले कचले सिद्धि प्राप्त गरेको, कचका रुपमा इन्द्र नभएका खण्डमा आपूmबाट मृतसञ्जीवनी विद्या ग्रहण गर्न, आप्mनो शरीरबाट जीवित रुपमा निक्लेर आप्mना लागि पुत्रतुल्य हुन र आपूmलाई पुनर्जीवित गर्न कचलाई आदेश दिए । गुरूको आज्ञा पाएर कचले तेस्रो जीवन पाए भने गुरूबाट आपूmले प्राप्त गरेको मृतसञ्जीवनी विद्याका प्रभावले गुरूलाई पनि उनले पुनर्जीवित गरे । त्यसपछि आपूm विद्याशून्य भएको र आप्mना दुवै कानमा मृतसञ्जीवनी विद्याको धारा राखिदिएका कारण कृतज्ञता व्यक्त गर्दै गुरूकृपाबाट अनुगृहीत भएर कचले कहिल्यै पनि गुरूसँग द्रोह नगर्ने प्रतिज्ञा गरे ।
विद्वान् ब्राह्मण शुक्राचार्य मदिरापान गर्नाले ठगिएका थिए र अत्यन्त भयानक परिस्थितिमा पुगेका थिए, जसका कारण उनलाई अलिकति पनि चेतना थिएन । मदिराले मोहित भएका कारण उनले त्यतिबेला आप्mनो आज्ञानुसार चल्ने प्रिय शिष्य ब्राह्मणकुमार कचलाई पनि मदिरासँगै पिएका थिए । मदिराको मातले छाडेपछि त्यस कुरालाई गम्भीरतापूर्वक सोचविचार गरेर शुक्राचार्यका मनमा मदिराप्रति अत्यन्त क्रोध र घृणाभाव उत्पन्न भएकाले उनले ब्राह्मणको हितका लागि यसप्रकारको प्रतिज्ञा गरेका थिए ः ‘आजदेखि यस संसारमा जोकोही मन्दबुद्धि ब्राह्मणले नजानेर पनि मदिरापान गरेछ भने त्यस्तो व्यक्ति धर्मबाट भ्रष्ट हुनेछ, ब्रह्महत्यासमान पापको भागी हुनेछ र यसलोकमा अनि परलोकमा पनि निन्दित हुनेछ । यसका साथै कचलाई पिसेर घोलिएको मदिरापान गराउने दैत्यहरुलाई समेत बोलाएर मृतसञ्जीवनी विद्या प्राप्त गरेर कच आपूmसमान भएको कुरा व्यक्त गरेपछि सबै दानवहरु आश्चर्यचकित भए । कचले पनि पहिला गरेको प्रतिज्ञाअनुसार एकहजार वर्षसम्म गुरूका सान्निध्यमा बसी ब्रह्मचर्य व्रत पूरा गरेर गुरूबाट घर जाने अनुमति प्राप्त गरे ।
लामो समयसम्म आपूmसँगै रहेर ब्रह्मचर्य व्रत समाप्त गरी घर फर्किन लागेको देखेर देवयानीले कचसँग विवाहको प्रस्ताव राखिन् । गुरूभन्दा पनि तपाईं बढ्ता माननीय र पूजनीय हुनुहुन्छ भनेर कचले देवयानीको प्रस्तावलाई स्वीकार गर्न चाहेनन् । आपूmप्रति भक्ति राख्ने निरपराध अबलालाई त्याग गर्न उचित हुँदैन भनेर देवयानीले विवाहका लागि पूर्ण प्रतिबद्धता जनाइन्, तर कचले शुक्राचार्यको पेटबाट आपूm पनि जन्मिएकाले धर्मका दृष्टिले बहिनी पर्ने देवयानीसँग विवाह गर्न उचित नभएको र जाने बेलामा देवयानीबाट आपूmले आशीर्वाद चाहेको कुरा व्यक्त गरे । आपूmले धर्मानुकूल कामका लागि तपाईंलाई चाहेकी हुँ र त्यसलाई अस्वीकार गरेका खण्डमा तपाईंले प्राप्त गरेको मृतसञ्जीवनी विद्या सिद्ध हुँदैन भनेर देवयानीले कचलाई श्राप दिइन् । कचले पनि श्राप दिन अयोग्य व्यक्तिले श्राप पाउनुप¥यो भन्दै कामवासनाले वशीभूत भएर श्राप दिएका कारण तिम्रा मनमा रहेको कामना पूरा हुने छैन र कुनै पनि ब्राह्मण ऋषिपुत्रसँग तिम्रो विवाह हुने छैन भनेर श्राप दिए । साथै, देवयानीको श्रापअनुसार आपूmमा मृतसञ्जीवनी विद्या सफल नभए पनि जसलाई मृतसञ्जीवनी विद्या पढाउनेछु त्यसले प्राप्त गरेको मृतसञ्जीवनी विद्या त सफल नै हुनेछ भनेर कच देवलोकमा गए ।
वर्तमान समयमा न शुक्राचार्यसँग जस्तो मृतसञ्जीवनी विद्या जीवन्त छ, न त कचका शिष्यहरुमा विस्तार हुन चाहेको मृतसञ्जीवनी विद्याको प्रभाव नै कायम रहन सकेको छ । ‘विद्ययामृतमश्नुते’ अर्थात् विद्याद्वारा अमृतको प्राप्ति हुन्छ भन्ने उद्घोषले पनि वर्तमानमा सार्थकता पाउन सकेको छैन । मृतविद्याजस्तो हुन पुगेको वर्तमानको शिक्षा प्रणालीलाई कसरी मृतसञ्जीवनी शिक्षा प्रणालीतर्पm उन्मुख गराउन सकिन्छ ? भन्ने बारेमा सबैको ध्यान आकृष्ट हुनु जरूरी छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका संस्कृत विद्यापीठ, गैँडाकोट)

The post मृतसञ्जीवनी विद्याको प्रभाव appeared first on चितवन पोष्ट.