व्यवसाय भन्दा सामाजिक काम गर्न रुचाउछु : भट्टराई

व्यवसाय भन्दा सामाजिक काम गर्न रुचाउछु : भट्टराई

संगिता आचार्य

रत्ननगर,२०बैशाख ।
गोविन्द भट्टराई रत्ननगरका युवा नेता हुन । भट्टराईलाई नेकपा एमालेले रत्ननगर वडा नं.३ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ । सौराहाका पर्यटन व्यवसायी समेत रहेका भट्टराईले स्थानीय स्तरमा विकास निर्माणको काममा अगुवाई गर्दै आएका छन । एमालेको नीति तथा सिद्धान्त सहित वडाको विकासको लागि आगामी दिनमा गर्नुपर्ने कामको सुची लिएर उनी भोट माग्न जनताको घरदैलोमा पुगेका छन । युवा भएका कारण समाजमा उदारहणीय काम गर्न सक्ने अपेक्षा सहित उनलाई वडाबासीले सहयोग र सर्मथन गरेको बुझिएको छ । २०५२ सालमा युवासंघबाट एमालेको राजनीति सुरु गरेका भट्टराई युवा संघको क्षेत्रीय संयोजकको पदमा रहेर काम गरिसकेका व्यक्ति हुन । एमालेले सुरु गरेको आफ्नो गाउँ आफै बनाउ कार्यक्रमको वडा संयोजक भएर उनले नागरिकको मन जित्न सफल भएका छन । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भट्टराई वडा सदस्य पदमा विजयी भएर जनताको सेवा गरेका थिए । अबको निर्वाचनमा पनि जित हासिल गरेर सेवा गर्ने इच्छा छ उनले भने त्यो अबसर मलाई मतदाताले दिनेछन । लायन्स क्लव अफ बेल्सीको संस्थापक अध्यक्ष,बेल्सी हाजिपुर कुलो निर्माण समितिको अध्यक्ष भएका काम गरेका थिए । भट्टराई हाल नेकपा एमाले जिल्ला कमिटी सल्लाहाकार सदस्य हुन । पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेस हुदाहुदै पनि आफनै अभिभाबकहरुसंग विद्रोह गरेर उनी एमालेको सदस्यता दिएका थिए । त्यही कारणले पनि उनलाई पार्टीले नजिकबाट नियाल्ने गरेको छ । भट्टराईलाई व्यवसाय भन्दा पनि सामाजिक सेवा मन पर्छ । भट्टराईले निर्वाचन जितेर वडा अध्यक्ष भएमा वेल्सी निमाविलाई अंग्रेजी माध्यममा सुरु गर्ने,नदिमा तटबन्धन,खानेपानी,शिक्षा र स्वास्थ्यमा वडाबासीको पहँच पुर्याउन काम गर्ने प्रतिबद्धता जनाएका छन । उनले बेरोजगार युवाहरुलाई रोजगारीको सृजना,वडालाई वातावरणमैत्री बनाउन काम सुरु गर्ने बताएका छन ।