शैक्षिक संस्थाको पठनपाठन यहि बैशाख २५ गतेबाट एक साताका लागि बन्द हुने

vlcsकाठमाण्डौ २०, स्थानीय तहको पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका सवै शैक्षिक संस्थाको पठनपाठन यहि बैशाख २५ गतेबाट एक साताका लागि बन्द हुने भएको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप बैशाख २५ गतेबाट एक साताका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । डाक्टर लम्सालका अनुसार बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयको मात्रै पठनपाठन बन्द र आयोगले अधिकांश विद्यालयमा मतदान केन्द्र तोकेकाले ति विद्यालयको पठनपाठन बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसअघि आयोगले सरकारलाई दिएको १९ बुँदे निर्देशनको १५औं बुँदामा आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू नगर्न समेत भनेको हो ।