कालिकामा एमालेको घरदैलो र सभा

कालिकामा एमालेको घरदैलो र सभा

खोलेसिमल । नेकपा एमाले कालिका नगर कमिटीको आयोजनामा नगरका विभिन्न वडा तथा टोलहरुमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घरदैलो, कोणसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई बुधबार पनि निरन्तरता दिएको छ ।
नेकपा एमाले कालिका नगर कमिटी वडा नं. १ को आयोजनामा लंकालाइनदेखि सुन्दरबस्तीसम्म घरदैलो गरिएको थियो । मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवार राजु राईसहितका सयौं कार्यकर्ताहरु घरदैलोमा सहभागी भएका थिए । त्यस्तै वडा नं. २ मा वडा अध्यक्षका उम्मेदवार सोमबहादुर गुरूङ, वडा नं. ३ अध्यक्षका उम्मेदवार टीकाराज रिजाल, वडा नं. ४ का अध्यक्षका उम्मेदवार आशाराम चौधरी र वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार रुदल महतोसहितको घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रम पदमपुरका विभिन्न स्थानमा सम्पन्न भएको थियो ।
वडा नं. ६ मा मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवार विनोद रेग्मी, सदस्यहरु दुर्गा सुवेदी, सम्झना परियार, बालकृष्ण अधिकारी, दशरथ सापकोटासहितका एमाले कार्यकर्ताहरु खोलेसिमल बजार, गाविस चोक, सुन्दरबस्ती, जमुनापुर क्षेत्रमा घरदैलोमा सहभागी भएका थिए । घरदैलो पश्चात जमुनापुर ठमेल चोकमा कोणसभासमेत गरिएको थियो ।
वडा नं. ७ को स्याउली बजार र सगुनटोलमा पनि वडा अध्यक्षका उम्मेदवार डिल्लीराम दवाडीसहितको ¥याली तथा घरदैलो कार्यक्रम गरिएको थियो । त्यस्तै वडा नं. ८ का अध्यक्षका उम्मेदवार इमप्रसाद अधिकारी, वडा नं. ९ का अध्यक्षका उम्मेदवार लेखबहादुर थापा सहितको टोलीले शक्तिखोरका विभिन्न स्थानमा घरदैलो तथा कोणसभा गरेका थिए । त्यस्तैगरी वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार मंगलसिं प्रजा र वडा नं. ११ का अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा र सदस्यका उम्मेदवारहरु सहितको घरदैलो कार्यक्रम सिद्धिका विभिन्न स्थानमा गरिएको थियो ।

The post कालिकामा एमालेको घरदैलो र सभा appeared first on चितवन पोष्ट.