कृत्रिम फुल बनाउदै घर खर्च चलाउदै

bhullllबिबेक भण्डारी २१ , नवलपरासीको गैडाकोट नगरपालीका ४ कि सरिता सुनारलाई यतिबेला कृत्रिम फुलहरु बनाउन भ्याइ नभ्याइ छ । विहान देखि बेलुका सम्म सुनारको काम नै रंगि चंगि फुल बनाउनमा बिति रहेको छ । २८ वर्ष कि सुनारले अहिले कृत्रिम फुलबाट नै दिको ५ सय देखि १५ सय सम्म आम्दानि गर्न सफ भएकि छन । ६ जनाको परिवार रहेको सुनारका श्रीमान खाडि मुलुक साउदि गउका छन भने सरिता फुल बनाउदै धेरै धोरै आम्खानी गर्न थर्फ लागि परेकि छन । खालि समयको सदुपयो गर्न भन्दै सिरताले अहिले घरमा नै धागो , एक्सरे पेपर तथा वोतलबाट फुलहरु ीनर्माण गरि बेच्न सफल भएकि छन । खालि समयमा टिभि हेरेर विताउनु भन्दा घरमा नै सामाग्रि ल्याई फुल बेच्ने गरेको बताइन । २ छोरा र २ छोरीलाई सरीताले यहि फुल व्यवशायबाट नै शैक्षिक खर्च कटाएकि छन । विदेशमा श्रीमाले कमाएको रकमलाई संचित गर्न सरिता आफ्नो व्यवशायले सरल बनाएको छ । विशेष गरेर घर तथा अफिसमा सजावटको लागि मानिसहरुले रंगिचंगि फुलहरु ल्ैजाने गरेको सरिताले बताइन । सामान्य बोतल तथा एक्सरे पेपरको सहयोगले विभिन्न आकृतिमा परिवर्तन गरि फरक फरक रंगको धागोले फरक फरक रंगको फुल बनाउने गरेको र सो फुलको मुल्य फुह हेरी हेरी ३०० देखि ८ सय सम्म पर्ने गरेको उनको भनाइ छ । खालि समयमा त्यसै बस्न भन्दा घरको काम संगै फुल पनि बनाउने गरेको र यसबाट आफ्नो छोरा छोरीलाई खाजा खर्च देखि घर खर्च सम्म चलायन सकेको सिरताले बताइन । सरिताले केवल फुल बनाउने मात्र नभई उहाले फुल बनाउन तालिम पनि दिने गरेको बताउनुभयो प्रति व्यक्ति २५०को दरले तालिम पनि दिने गरेको जानकारी गराइन । सरिता मात्र होइन गैडाकोटमा रहेका अधिकाशं महिलाहरु आय आर्जनको लागि विभिन्न वस्तुहरु बनाउने तथा तालिम दिने गरिरहेका छन ।