जय श्री वनको योजना

 

bibek111बिबेक भण्डारी २१ , नवलपरासीको गैडाकोट १,३, ४ र ५ ,८मा रहेको जय श्री सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण गर्न विभिन्न योजना तथा कृयाकलापहरु अधि सारेको छ । वनले हाते पुस्तीताका नै निर्माण गरि आर्थिक वर्ष २०७४÷०७५का लागि वन संरक्षण कसरी गर्ने भन्ने विषय विस्तु तयार पारेको छ । वनले श्रवण महिना देखि अषढ महिना सम्मको कार्य तालिका नै बनाएको छ । जस्मा वृक्षरोपण , वन झाडि सरसफाई , विरुवा रोपण , नियमित वन गस्ती , गरीब तथा विपन्न परिवारकालागि र निर्माण गरि दिने लगाएतका कार्यहरु गर्ने वनले जनाएको छ । वनका अध्यक्ष महेन्द्र भत्त अधिकारीका अनुसार वनले वन सुरक्षाका विभिन्न कार्यक्रमहरु देखि वन क्षेत्र भित्र रहेका तालहरु संरक्षण गर पिकनिक स्पोटहरु निर्माण गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । २०५२ सालमा स्थापना भएको सो बनले हाल वन क्षेत्र भित्र रहेको रानिताल देखि मौलाकालिका सम्म पैदल जान मिल्ने बाटो पनि निर्माण गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । उहका अनुसार वन क्षेत्र भित्र रहेको रानितालमा बाल उघान पनि निर्माण गरिने बताउनुभयो ।bibe
यो संगै जयश्री सामुदायिक वनले वन भित्र रहेको जडिबुटिहरुलाई पनि संरक्षण गर्न तर्फ लागि परेको अध्यक्षले जानकारी दिनुभयो । आफुहले योजना गरेको कार्य कहिले सम्म पुरा गर्ने भन्ने विषयमा अध्यक्ष अधिकारीले यसो बताउनुभयो । कुल ४ सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको वनले वन संरक्षण गर्न सरल होस भनेर वनलाई ८ खण्डमा विभाजन गरि वनको संरक्ष गरि रहेको छ । गर्मि मौसममा वन डढेलो लाग्ने हुदा वनमा १० जना म्यादि कर्मचारी थप गरि वन डढेलो नियन्त्रण गर्न लागि परेको जानकारी गराउनुभयो ।