टोलटोलमा कांग्रेसको सभा र ¥याली

टोलटोलमा कांग्रेसको सभा र ¥याली

रत्ननगर । निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस नगर कमिटी रत्ननगरले बुधबार टोलटोलमा घरदैलो र ¥याली गरेको छ ।
नेपाली कांग्रसले रत्ननगर १६ ले गरेको कोण सभा तथा पार्टी प्रवेश कार्यक्रममा वडामा रहेको ६० जना कंँग्रेसमा प्रवेश गरेका छन् । आसन्न चुनावमा कांग्रेसले युवा उम्मेदवार उठाएका कारण विकासको काम कांग्रेसले नै गर्ने विश्वासका साथ कांग्रेसमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा आएका उमेश वुढाथोकीले बताए ।
पार्टी भित्रको आन्तरिक समस्यासमेत समाधान गर्दै रत्ननगरलाई कांग्रेसको किल्ला बनाउनका लागि कांग्रेस अघि बढेको रत्ननगरका विभिन्न स्थानमा भएका सभाहरुमा वोल्ने वक्ताहरुले बताए । कांग्रेस सांसद शेषनाथ अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेदवार रुपनराज घिमिरे, उपप्रमुख नीता ढकाल, ईश्वरबहादुर कुमाल, तुलबहादुर रायमाझीलगायतले बोलेका थिए ।
नेपाली कांग्रेस रत्ननगर वडा नं १२ ले बुधबार वडा अध्यक्षका उम्मेदवार वीरबहादुर पाख्रिन लगायत वडा सदस्यका उम्मेदवार, सयौ कार्यकर्तासहित घरदैलौ कार्यक्रम गरेको थियो । सालघारी चोकबाट घेगौली हुदै पन्चकन्या, फूलबारी, सालघारी, पन्चकन्या बाटिका लगायतको ठाँउमा घरदैलो कार्यक्रम गरिएको प्रचार संयोजक श्रीराम देवकोटाले बताए । नेपाली कांगे्रस रत्ननगर वडा नं १४ ले बुधबार वडा सभापति कमलनाथ अधिकारीको नेतृत्वमा वडाभित्रका स्कुल चोक, पारिजात टोल, दक्षिण रायमाझी टोल, गैरिया गाँउ, गोर्खाली टोल, बुद्ध चोकलगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको प्रचार संयोजक घिरेन्द्र घिमिरेले जानकारी दिए ।
यता वडा नं ३ मा पनि नेपाली कांग्रेस रत्ननगरले बुधबार घरदैलो कार्यक्रम गरेको छ । कार्यवाहक सभापति बसन्त देवकोटाको नेतृत्वमा वडा अध्यक्षका उम्मेदवार छविलाल घिमिरेसहित वडाका सदस्यहरुलगायत सयौ कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम गरिएको हो । वडाभित्रका क्याम्पसरोड, गणेश टोल, दीप ज्योति टोल, विद्युत् प्राधिकरण सेवा कार्यालय लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको छ ।
त्यस्तै बुधबार रत्ननगर वडा नं १३ मा पनि नेपाली कांग्रेस रत्ननगरले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्षका उम्मेदवार ऋषिप्रसाद खनालको नेतृत्वमा जयमंगला, गणेश चोकलगायतका क्षेत्रमा वडा उम्मेदवारका सदस्यहरु, पार्टीका सयौ कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम गरिएको हो । यता रत्ननगर वडा नं ११ र १५ मा पनि नेपाली कांग्रेस रत्ननगरले घरदैलो अभियानलाई तीव्र पारेको छ ।
वठा नं ११ मा वडा सभापति शान्ति ओझाको नेतृत्वमा भएको अभियानमा कृष्ण प्रणामी मन्दिर, जिरौना, कालिका नगरपालीको १ नं सिमानासम्म घरदैलो कार्यक्रम गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार शशिभक्त न्यौपाने, वडा सदस्यका उम्मेदवार लगायतको सहभागिता रहेको थियो । वडा नं १५ मा पनि वडा सभापति शिव तिवारीको नेतृत्वमा वडा अध्यक्षका उम्मेदवार केदार वाइबा लगायतको सयौ कार्यकर्ताको सहभागितामा टेकलाल चोक ,भट्ट चोक, दिग्दर्शन चोकमा घरदैलो कार्यक्रम गरिएको थियो ।
नेपाली कांग्रेस रत्ननगर वडा नं १६ पिठुवाले कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम बुधबार गरेको छ । क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा एमाले, माओवादी केन्द्रसहित ४५ जना पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले टीका, माला लगाएर कांग्रेस प्रवेश गराएका थिए ।
कार्यक्रममा वडा सभापति नेत्रप्रसाद घिमिरे, वडा अध्यक्षका उम्मेदवार जितेन्द्र थापा, वडा सदस्यका उम्मेदवारहरुको सहभागितामा वडा भित्रका पिठुवा, दोबाटो लगायतका क्षेत्रमा पनि घरदैलो कार्यक्रम गरिएको छ ।

The post टोलटोलमा कांग्रेसको सभा र ¥याली appeared first on चितवन पोष्ट.