सबै नागरिकको स्वास्थ्य बिमा : पाण्डे

सबै नागरिकको स्वास्थ्य बिमा : पाण्डे

रत्ननगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले पाँच वर्ष भित्रमा सबै नागरिकको स्वास्थ्य बिमा गरिने बताएका छन् ।
नेकपा एमाले रत्ननगर चुनावी प्रचार समितिले बुधबार रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले स्वास्थ्यका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्य बिमा गर्न लागेको बताए । नेता पाण्डेले नयाँ संरचना अनुसार नेकपा एमालेले आफ्नो घोषणा पत्रमा पाँच वर्षमा प्रत्येक नगरपालिकामा ५० शैया तथा प्रत्येक गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण गर्ने बताए ।
त्यस्तै ५ वर्षमा ५० हजार पर्यटक नेपाल भिœयाउने, ५० वटा जहाज खरिद गर्ने, वृद्धा भत्ता बढाएर पाँच हजार पु¥याउने, सुत्केरी खर्च १० हजार उपलव्ध गराउने लगायतका योजना एमालेले ल्याएको उनले बताए । ‘देश समृद्धि बनाउने गरी एमालेले घोषणापत्र ल्याएको छ’, नेता पाण्डेले भने एमालेको नेतृत्वमा सरकार बने यी सबै प्रतिवद्धता पूरा गर्नेछौ । रत्ननगर नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार नारायण वनले रत्ननगरलाई देशकै नमुना नगरपालिका बनाउने उद्घोष गरे । संस्थापक मेयरसमेत रहेका वनले पुन आफू मेयरमा निर्वाचित भए नगरको दक्षिणी भेगलाई पर्यटकीय क्षेत्र, बीचको भागलाई व्यवसायिक र उत्तरी भेगलाई आवासीय क्षेत्रको रुपमा विकास गर्ने बताए । उपमेयरकी उम्मेदवार विमला दुवाडीले नगरपालिकाको समस्यामा आफू सधै सँगै रहेकाले नगरवासीले आफूलाई दिएको मतको सदुपयोग गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेकपा एमाले जिल्ला निर्वाचन कमिटीका अध्यक्ष गोपी नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् सांसद काशीनाथ अधिकारी, केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्ण खनाल, प्रचार समितिका संयोजक प्रेमनाथ दुवाडी, सहसंयोजक लोकराज भुसाललगायतले मन्तव्य राखेका थिए ।

The post सबै नागरिकको स्वास्थ्य बिमा : पाण्डे appeared first on चितवन पोष्ट.