१२६ केजी चरेस बरामद

१२६ केजी चरेस बरामद

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार लायन्सचोकबाट चरेस बरामद गरेको छ ।
ना ४ ख ७६३० नम्बरको ट्रकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए । ट्रकको पछाडि ढालामा थ्रोत्रा बोरामा त्यसै फालिएको जस्तै गरी हालेर ल्याइएको अवस्थामा सो चरेस बरामद भएको हो । २५३ वटा प्याकेट बनाएर ल्याइएको थियो । पाँच सय ग्रामका प्याकेट रहेको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
तस्करले धादिङको आदमघाटबाट लोड गरी काठमाडौं लगि चरेस पुनः चितवन ल्याएको खुल्न आएको छ । चरेससहित ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रक चालकले ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको बताएको थापाले बताए ।

The post १२६ केजी चरेस बरामद appeared first on चितवन पोष्ट.