उवासंघको क्यालेण्डर सार्वजनिक

उवासंघको क्यालेण्डर सार्वजनिक

भरतपुर । नव वर्षको अवसरमा उद्योग वाणिज्य संघ–चितवनले शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ ।
संघका संस्थापक सचिव एवम् पूर्वअध्यक्ष कृष्णवन्धु पियाले क्यालेण्डरको विमोचन गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष राजन गौतमले संस्थापक सचिव एवम् पूर्वअध्यक्ष पियालाई नवनिर्मित संघको पिन लगाइदिएका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अध्यक्ष राजन गौतमले सबैलाई नया“ वर्षको शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उद्योग व्यवसायको उन्नति र प्रगतिको कामना गरेका थिए । अध्यक्ष गौतमले छिट्टैनै स्थानीय निकायको नेतृत्व चयनको लागि निर्वाचन हुन लागिरहेकोमा खुसी व्यक्त गर्दै सबैलाई मतदान प्रक्रियामा भाग लिएर आफ्नो उम्मेदवारहरुलाई विजयी गराउन आगह गरेका थिए । उनले छिट्टैनै स्थानीय निकायका उम्मेदवारसँग उद्योगी तथा व्यवसायीहरुको एजेण्डाको बारेमा छलफल गर्नका लागि अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिने आफ्नो योजना समेत रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवम् संघका निवर्तमान् अध्यक्ष कल्याण जोशीले चितवनको उद्योगी तथा व्यवसायीहरुको आवाजलाई बुलन्द बनाउन आपूmले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा उम्मेदवारी दिएर विजयी भएको क्षणलाई स्मरण गर्दै यो मौकालाई सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुको हितलाई ध्यानमा दिई काम गरेर सदुपयोग गर्ने बताएका थिए । यसैगरी अर्का वक्ता उद्योग संघ चितवनका उपाध्यक्ष राजु पौडेलले उद्योगी व्यवसायीहरुको हितका लागि उद्योग वाणिज्य संघ–चितवनले आयोजना गर्ने सम्पूर्ण काममा उद्योग संघ चितवन साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् संघका संस्थापक सचिव तथा पूर्वअध्यक्ष कृष्णवन्धु पियाले चितवनमा प्रादेशीक राजधानी स्थापना गर्ने सन्दर्भमा संघले राजनीतिक दलहरुसँग छलफल तथा सहकार्य गर्नुपर्ने बताएका थिए । अर्का वक्ता संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले नारायणगढको मेनरोड बजार संरक्षणको आवाजलाई सम्पूर्ण व्यवसायीहरु एकजुट भई बुलन्द पार्नुपर्ने भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
संघका पूर्वअध्यक्षज्यूहरु, कार्यसमिति, वस्तुगत संघ, उपसमिति, कर्पाेरेट सदस्यहरु, साधारण सदस्यहरु र स्थानीय तथा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन संघका कार्यकारी निर्देशक रसिक प्रधानले गरेका थिए ।

The post उवासंघको क्यालेण्डर सार्वजनिक appeared first on चितवन पोष्ट.