गैँडाकोटमा राप्रपा र एमालेको गठबन्धन यस्तो छ

गैँडाकोटमा राप्रपा र एमालेको गठबन्धन यस्तो छ

गैँडाकोट, २२ बैशाख । गैँडाकोटमा राप्रपा र एमालेको गठबन्धन कस्तो भएको भन्ने जिज्ञासा हुन सक्छ तपाईंलाई । एमालेले गैँडकोटको मेयर र उपमेयरमा छत्रराज पौडेल र राधा पाण्डेलाई उठाएको छ । राप्रपाले भने नगरको मेयर र उपमेयरमा उम्मेदवार उठाएको छैन । राप्रपा र एमालेको गठबन्धनले तीन वडा अध्यक्ष र १७ सदस्य राप्रपाले पाउने सहमति भएको राप्रपा नगर अध्यक्ष जितबहादुर गुरुङले बताउनुभयोे । चालिसेका अनुसार एमालेले गैँडाकोट ७, १७ र १८ को वडा अध्यक्षमा राप्रपालाई सघाउने निर्णय भएको छ । गैँडाकोट ७ मा लक्ष्मी चौधरी, १७ मा सुरज बहादुर रेग्मी, १८ मा झमानसिंह सारु मगरको उम्मेदवारी रहेको छ । गैँडाकोट ७ मा अध्यक्ष सहित सबै सदस्य राप्रपाले पाएको नगर अध्यक्ष गुरुङले बताउनुभयो । राप्रपा र एमालेबीच गठबन्धन भएको यस अघिनै एमाले नगरअध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभएको थियो ।