नारायणगढ – मुग्लिन सडक वैशाख २५ देखि जेठ ३ गतेसम्म २४ सै घण्टा खुला

नारायणगढ – मुग्लिन सडक वैशाख २५ देखि जेठ ३ गतेसम्म २४ सै घण्टा खुला

२२ बैशाख ।
नारायणगढ मुग्लिन सडक आउँदो सोमबार अर्थात् वैशाख २५ देखि जेठ तीन गतेसम्म २४ सै घण्टा खुला रहनेछ। हाल
दैनिक छ घण्टा बन्द हुदै आएको थियोे ।
स्थानीय चुनावका लागि आउजाउ गर्ने मतदाताहरुको सुविधालाई ख्याल राखेर सो निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ। १० दिन अर्थात जेठ ४ पछि फेरि बिहान १० देखि दिउँसो चार बजेसम्म सो सडक बन्द हुनेछ।

‘वैशाख १९ गते चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलापछि यस्तो निर्णय भएको हो,’ नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने। सो सडक राजधानीलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य सडक मार्ग हो। सडक बन्द हुँदा यात्रा गर्नेहरुले निकै हैरानी बेहोर्नुपरेको छ।