निकुञ्जमा सहजता र तटबन्धनको काम उच्च प्राथमिकतामा

माडी, २२ वैशाख ।
नेपाली कांग्रेसका तर्फबाट माडी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद महतोले चितवन राष्ट्रिय निकुञ्जहुदै माडी जान देखा परेका अवरोध हटाउन लागिपर्ने बताएका छन् । राती निकुञ्ज हुदै माडी जान निषेध गरिएको छ ।

“आफ्नै ठाउँ जादा पनि पटक पटक कर तिर्दै जानुपर्ने अवस्था छ”, माडीमा आयोजित कोणसभामा उनले भने, “जनताबाट लिइने कर हटाइनेछ, सहज रुपमा ओहरदोहर गर्ने वातावरण मिलाइनेछ ।” निकुञ्ज आसपासका वस्तीमा जंगली जनावरले पु¥याउने क्षति वापतको रकम ज्यादै न्यून भएको भन्दै क्षतिपूर्ति रकम बढाउन पहल गर्ने जीकिर गरे । “निकुञ्ज ऐन परिमार्जित गर्ने पहिलो काम हुनेछ”, उनले भने, “वस्ती सुरक्षाका उपाय अपनाइने छ ।” उपमेयरमा उम्मेदवारी दिएकी कांग्रेसकी नेता शिवमाया भट्राइले वर्षेनी बाढीको त्रास खेप्नुपर्ने समस्या दिर्घकालिन रुपमै समाधान गरिने बताइन् । “नगरपालिकाले अब आफ्नै स्रोत तथा केन्द्रीय बजेटमा रिउ तथा अनय ठाडा खोलामा तटबन्धन गरिने योजना ल्याउने छ”, उनले भनिन्, “माडीलाई बाढीप्रभावित क्षेत्र होइन, सुरक्षित बसोबासको नगर बनाउने योजना लिएका छौँ ।” कांग्रेस माडी नगर समितिको अगुवाईमा शुक्रबार पनि विभिन्न ठाउँमा कोणसभा तथा ¥याली गरिएका छन् । नगर सभापति कोमलनाथ भुषालले देवेन्द्रपुर, किर्तनपुर, कल्याणपुर, बरुवा, बनकट्टा, पाँचपाण्डव क्षेत्रमा ¥याली तथा कोणसभा गरिएको जानकारी दिए । स्थानीय तहको चुनावलाई लक्षित गरि माडीमा कांग्रेसले चुनावी घरदैलोलाई तीव्र पारेको छ ।