निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना गिरफ्तार

भरतपुर । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार राति तीनजनालाई गिरफ्तार गरेको छ ।
मनोनयन दर्ताको काम सकेर प्रचारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्नेलगायतका काम गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाका इन्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

The post निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना गिरफ्तार appeared first on चितवन पोष्ट.