पूर्वमा १० जनाको उम्मेद्बारी  फिर्ता

पूर्वमा १० जनाको उम्मेद्बारी फिर्ता

धु्रवराज खनाल
रत्ननगर,२२ बैशाख ।
पूर्वी चितवनका चार वटा नगरपालिकामा विभिन्न पदमा उम्मेद्््वारी दिएकामध्ये १० जनाले उम्मेद्््वारी फिर्ता लिएका छन् । पूर्वको कालिका नगरपालिकामा कुनै उम्मेद्््वारले नाम फिर्ता नलिएपनि रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाबाट मेयर, उपमेयर र वडाध्यक्षका उम्मेद्््वारले उम्मेद्््वारी फिर्ता लिएका छन् ।
रत्ननगर नगरपालिकाको उपमेयर पदमा नाम दर्ता गराएकी नेपाल लोकतान्त्रिक पार्टीकी धञ्जु महतोले मात्रै उम्मेद्््वारी फिर्ता लिएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिइन् । खैरहनी नगरपालिकामा मेयरका २ र वडाध्यक्षका २ जनाले उम्मेद्््वारी फिर्ता लिएका छन् । मेयर पदका लागि नाम दर्ता गराएका स्वतन्त्रबाट चुडामणि दर्जी र कमलप्रसाद न्यौपानेले उम्मेद्््वारी फिर्ता लिएको खैरहनीका सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले बताए । पौडेलका अनुसार खैरहनी–४ मा वडाध्यक्षका उम्मेद््वार देवीप्रसाद न्यौपाने र ८ का उम्मेद््वार नयनसिंह कार्कीले पनि उम्मेद््वारी फिर्ता लिएका छन् । पूर्वकै राप्ती नगरपालिकामा एक मेयर, एक उपमेयर र तीन जना वडाध्यक्षका प्रत्यासीले उम्मेद््वारी फिर्ता लिएका छन् । मेयरमा नयाँ शक्ति पार्टीबाट उम्मेद््वारी दिएका रामप्रसाद नेपाल र उपमेयरमा उम्मेद््वारी दिएकी नयाँ शक्तिकै टीकामाया पाण्डेले उम्मेद््वारी फिर्ता लिएको राप्ती नगरपालिकाका सहायक निर्वाचन अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए ।
त्यस्तै राप्ती–३ को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद््वारी दिएका दूतराम ओली, ५ बाट चुडामणि बर्तौला र ६ बाट सञ्जय चौधरीले पनि नाम फिर्ता लिएको भुजेलले बताए । कालिका नगरपालिकामा भने मनोनयन दर्ता गराएको कुनैपनि उम्मेद््वारले उम्मेद््वारी फिर्ता लिएका छैनन् । वरु वडाध्यक्षका एक जना उम्मेद््वारको नाम नामावलीबाट हटाइएको छ । फरक वडाबाट समर्थक राखेको पाइएकाले कालिका–६ मा वडाध्यक्षको लागि उम्मेद््वारी दिएका नेपाल परिवार दलका तारानाथ दुवाडीको नाम नामावलीबाट हटाइएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए ।
कालिका नगरपालिकामै वडाध्यक्षका दुई जना उम्मेद््वारविरुद्ध उजुरी परेको छ । नेपाली कांग्रेसबाट वडा नम्बर ७ मा उम्मेद््वारी दिएका पुष्कल बस्नेत र वडा नम्बर ९ मा कांग्रेसबाटै वडाध्यक्षमा उम्मेद््वारी दिएका हेमबहादुर क्षेत्रीविरुद्ध सरकारी जागिरे रहेको भन्दै उजुरी परेको थियो । उजुरी परेपछि प्रमाण पेश गर्न आदेश भएअनुसार उनीहरुले सरकारी जागिरबाट राजीनाम गरेको प्रमाण पेश भएको निर्वाचन अधिकृत शर्माले बताए । “दुई जना वडाध्यक्षका उम्मेद््वारले सरकारी जागिर खान्छन् भन्ने उजुरी थियो”, निर्वाचन अधिकृत शर्माले भने, “राजीनामाको प्रमाणमाथि छानविन गर्दा स्वीकृत भएको पाइएकाले उनीहरुको नाम यथावत छ ।”