भरतपुर महानगरमा १५ उम्मेदवारी  फिर्ता

भरतपुर महानगरमा १५ उम्मेदवारी फिर्ता

भरतपुर,२२ बैशाख ।
स्थानीय तहको चुनावलाई लक्षित गरी भरतपुर महानगरपालिकामा उम्मेद््वारी दिएका १५ जना उम्मेद््वारले उम्मेद्वारी mिर्ता लिएका छन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल भएपछि मेयरमा कांग्रेसका नेता दिनेश कोइराला, उपमेयरमा माओवादी केन्द्रका नेता सुरेन्द्र गुरुङको उम्मेद्वारी केन्द्रीय पार्टी संयन्त्रलेनै फिर्ता गराएको छ ।
यस्तै ४ जना वडाध्यक्ष पदका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । वडा नम्बर १५ बाट मीनबहादुर थापा, १६ बाट बलराम पाण्डे, ५ बाट एकनारायण भुषाल, २६ बाट भुपाल कंडेलले उम्मेद्वारी फिर्ता लिएका छन् । स्रोतका अनुसार माओवादी केन्द्रका २ र ५ जना स्वतन्त्र उम्मेद्वारले खुल्ला सदस्यको उम्मेद्वारी फिर्ता लिएका छन् । महिला सदस्यमा १ जना, दलित महिला सदस्यमा १ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।