माओवादीको घरदैलो र कोणसभा

रत्ननगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै माओवादी केन्द्र रत्ननगरका तर्फबाट मेयरका उम्मेदवार पूर्ण अम्गाई ‘सुबोध’ र उपमेयरपदकी उम्मेदवार संगीता भट्टराई भोट माग्न जनताको घरघरमा पुगेका छन् ।
रत्ननगरका वडा नं ९, १०, ११ र १२ मा घरदैलो ,कोणसभा तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका हुन् । माओवादी केन्द्रबाट रत्ननगरको मेयरका उम्मेदवार सुबोधले कोणसभालाई सम्बोधन गदै सामाजिक न्यायसहितको आर्थिक समृद्धिको लागि माओवादी केन्द्रलाई जिताउनु पर्ने बताए । नगरका विभिन्न वडामा सम्बोधन गर्दै सुवोधले विकास र सुशासनलाई प्राथमिकताका साथ अगाडि लैजान आफूले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको दाबी गरे । कार्यक्रममा बोल्दै उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईले निर्वाचनमा केन्द्रलाई विजयी गराउन आग्रह गर्दै जनचाहानालाई कदर गर्दैै रत्ननगरलाई नमुना नगर बनाउने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु कञ्चन खनाल, विजय हमाल, हुतराज पाण्डेलगायतले मन्तव्य राखेका थिए । यस्तै माओवादी केन्द्रले रत्ननगर वडा नं ९ मा वडा अध्यक्षका उम्मेदवार मेघनाथ पौडेलको नेतृत्वमा घरदैलो तथा वडा नं १० बैरियामा माओवादी केन्द्र रत्ननगरले घरदैलो अभियान तथा मोटरसाइकल ¥याली निकालेको छ । वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रराज पाण्डेको नेतृत्वमा कृष्ण मन्दिर चोक, भानु चोक, प्रसौनी, शाान्ति टोल, बकुलहर चोक, दूर सञ्चार रोड, वैरिया चोकमा घरदैलो तथा मोटरसाइकल ¥याली निकालिएको थियो । त्यस्तै वडा १२ जिरौनामा वडा अध्यक्षका उम्मेदवार श्याम बरालको नेतृत्वमा, वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार कुलप्रसाद देवकोटाको नेतृत्वमा घरदैलो गरिएको छ भने वडा नं. ११ मा वडा कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र रत्ननगरका नगर इन्चार्ज कञ्चन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो ।

The post माओवादीको घरदैलो र कोणसभा appeared first on चितवन पोष्ट.