राप्तीमा एमालेको घरदैलो

राप्तीमा एमालेको घरदैलो

भण्डारा । नेकपा एमालेले राप्ती नगरपालिका वडा नम्बर ८ मा अघि सारेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
एमालेका वडा अध्यक्षका उम्मेदवार बुद्धिराज थपालिया, सदस्यका उम्मेदवारहरु र स्थानीय नेता तथा कार्यकर्तासहित घरदैलोमा एमाले जुटेको उक्त वार्डकी इन्चार्ज सुशीला पौडेल थपालियाले जानकारी दिए । सो क्रममा बिहीबार वडाको वीरेन्द्रनगर चोक र खुरखुरे बजारमा घरदैलो गरिएको छ । एमालेका तर्फबाट सो वडामा थपलियाको नेतृत्वमा कमला विक, पूर्ण आचार्य, बाबुराम क्षेत्री र नानीमैया तमाङ सदस्यका उम्मेदवार छन् ।
घरदैलोमा स्थानीय मतदातासँगको अन्तक्र्रियामा वडा अध्यक्षका उम्मेदवार बुद्धिराज थपालियाले राष्ट्रियता, स्वाभिमान, विकास र समृद्धिका लागि एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरे । वडा नम्बर ८ को विकास र सुशासनमा आफूले कुनै कसर बाँकी नराख्ने अध्यक्षका उम्मेदवार थपालियाको धारणा छ ।
इमान्दारिता, पारदर्शीता र जवाफदेहिता प्रति आफ्नो दृढता रहेको थपालियाको भनाइ छ । आफ्नो उम्मेदवारीले स्थानीय मतदाता उत्साहित भएको थपालियाको दाबी छ । त्यस्तै चुनाव प्रचार तीव्र पारेको नेकपा एमाले राप्ती नगरपालिका वार्ड नम्बर ७ ले बिहीबार बिहान मोटरसाइकल ¥याली निकालेको छ । मोटरसाइकल ¥यालीमार्फत एमालेले गाउँगाउँमा चुनावी माहोल सिर्जना गरेको वडा अध्यक्षका उम्मेदवार सुमिता डल्लाकोटीले जानकारी दिइन् ।

The post राप्तीमा एमालेको घरदैलो appeared first on चितवन पोष्ट.