रुपन र नीता मतदाताको घरघरमा

रुपन र नीता मतदाताको घरघरमा

रत्ननगर । नेपाली कांग्रेसबाट रत्ननगरको मेयर र उपमेयर पदका उम्मेदवार रत्ननगर नगरपालिकाका विभिन्न वडाका घरघरमा भोट माग्न पुगेका छन् ।
मेयर पदका उम्मेदवार रुपनराज घिमिरे र उपमेयर पदमी उम्मेदवार नीता ढकाल भोट माग्न जनताको घरदैलोमा पुगेका हुन् । मेयर र उपमेयरसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्ननगरका वडा नंं. १४ र १५ पिठुवा, वडा नं.१२ सालघारी र वडा नंं. ५ झुवानीमा घरदैलो गरेका हुन् । उम्मेदवारहरु घरघरमा पुगेर स्थानीय सरकारको अनुभूति गर्न कांग्रेसलाई भोट दिन आग्रह गरेका थिए । सोही अवसरमा मेयर पदका उम्मेदवार घिमिरे र उपमेयर पदकी उम्मेदवार ढकालले विकास निर्माणको विषयमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । घरदैलोमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
त्यसैगरी कांग्रेसका १६ वटै वडाका वडा अध्यक्ष तथा नगर सदस्यका उम्मेदवारहरुले गाउँका चोकचोकमा कोणसभा र घरदैलो गरेर भोट मागेका छन् । ढिलो गरी मेयर र उपमेयरको टुङगो लागेका कारण कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ ।
त्यसैगरी निर्वाचन आउन १० दिन मात्र बाँकी रहदा नेपाली कांग्रेसले रत्ननगर–१२ मा सम्पर्क कार्यालय उद्घाटन गरी प्रचारको काम सुरू गरेको छ । वडा समितिले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहसचिव सूर्य अर्याल रहेका थिए । पार्टीका वडा सभापति श्रीकृष्ण घिमिरेको अध्यक्षतामा भएकोे कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार बीरबहादुर पाख्रिनले मन्तव्य राखेका थिए ।

The post रुपन र नीता मतदाताको घरघरमा appeared first on चितवन पोष्ट.