आचार संहिता मिच्दै दलहरु

गैँडाकोट । स्थानीय तहको निर्वाचन २०७४ नजिकिएसंगै चुनावी प्रचारप्रसारलाई तीव्र पारिएको छ । नवलपुर क्षेत्रमा दलहरुले आचार संहिता मिच्दै चुनाव प्रचारलाई तीव्रता दिएका छन् । विभिन्न दलले धेरै मात्रामा मोटरसाइकल यात्रालाई जोड दिइरहेका छन् । निर्वाचन आयोगले हिजो चुनाव चिन्ह प्रदान गरे गलत्तै उमेद्वारहरु चुनावी प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले प्रचार प्रसारका लागि ६ दिनको समय दिएको छ । उमेद्वारहरुले विहान ८ बजे देखि साँझ ७ बजेसम्म प्रचार प्रसार र चुनावी कार्यक्रम गर्न पाउनेछन् । २८ गते रातको १२ बजे पछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ । नवलपुर क्षेत्रमा कति पय दलले विहानै ७ बजेबाट नै चुनावप्रचारमा निस्कने गरेका छन् ।
निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को क को १३ मा ”निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनर्को याली गर्न वा गराउन नहुने उल्लेख छ रहेको छ ।