उम्मेदवारलाई धम्की दिने ९ जनाविरुद्ध मुद्दा

उम्मेदवारलाई धम्की दिने ९ जनाविरुद्ध मुद्दा

भरतपुर । चुनाव विथोल्ने गतिविधि गरेको भन्दै प्रहरीले विप्लव माओवादँीका ९ कार्यकर्तालाई २१ गते राति गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाएको छ ।
यसअघि विप्लव माओवादीका कार्यकर्ताले उम्मेदवारको घरमा कालो झण्डा गाढ्ने, अपहरण गर्छु भनी धम्काउने, चन्दा माग्ने गरेकोले गिरफ्तार गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । शुक्रबार म्याद थप गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत चितवनमा २२ गते शुक्रबार निर्वाचनविरोधी घटना नभएको प्रहरीले जनाएको छ ।

The post उम्मेदवारलाई धम्की दिने ९ जनाविरुद्ध मुद्दा appeared first on चितवन पोष्ट.