एईसीले ‘ग्लोबल एजुकेशन डे’ गर्नेे

एईसीले ‘ग्लोबल एजुकेशन डे’ गर्नेे

भरतपुर । सन् २००८ मा स्थापित एईसीसीले ग्लोबल अष्ट्रेलियन एजुकेशन डे मेँ २०१७ आयोजना गर्ने भएको छ । कार्यक्रम, मेँ ९ तारिकका दिन अफिस समयमा काठमाडौंको सनराइज बिज पार्क, कमल पोखरी मार्ग, चारखाल, डिल्लीबजार–३३मा आयोजना हुने एईसीसीले जानकारी दिएको छ । त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगा मेँ १० विहान ११ बजेदेखि बेलुकी ३ बजेसम्म र मेँ ११ मा चितवन भरतपुर–१०, बालमन्दिर चोक, एयरपोर्ट रोडमा बिहान ११ देखि बेलुकी ३ः३० सम्म आयोजना हुने जानकारी दिइएको छ ।
कार्यक्रममार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदनसम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने संस्थाले जानकारी दिएको छ । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययनलगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने जानकारी दिइएको छ । संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छाअनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभलमध्ये आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् ।
कार्यक्रममा सहभागी विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै, तत्काल प्रक्रिया अगाडि बढाई आफ्ना आवेदन विश्वविद्यालयसामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्करहित प्रोसेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्शलगायत सुविधा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममार्फत योग्य विद्यार्थीका लागि छात्रवृत्तिको समेत ब्यवस्था गरिएको जानकारी दिइएको छ । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस÷पीटीई÷टोफल अध्ययनका लागि विशेष प्याकेजको व्यवस्थासमेत गरिएको संस्थाले जानकारी दिएको छ । कार्यक्रममार्फत सिधै विभिन्न अफर हात पार्नका लागि आफ्ना शैक्षिक प्र्रमाणपत्रका सक्कल तथा प्रतिलिपि पनि साथमा ल्याउन संस्थाले आग्रह गरेको छ । सहभागीले अष्ट्रेलियामा अध्ययनपश्चात् चार वर्षका लागि कार्य अधिकार (वर्क राइट) पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

The post एईसीले ‘ग्लोबल एजुकेशन डे’ गर्नेे appeared first on चितवन पोष्ट.