एसओएसमा प्रधानाध्यापकहरूका लागि कार्यशाला

एसओएसमा प्रधानाध्यापकहरूका लागि कार्यशाला

भरतपुर । एसओएस बालग्राम भरतपुरमा विद्यालयका प्रधानाध्यापकहरूका लागि आयोजित एक दिवसीय कार्यशाला शुक्रबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय खोज, अनुसन्धान र अध्ययनबाट प्राप्त निष्कर्षअनुसार प्रभावकारी र सफल विद्यालय नेतृत्व विकास, उत्तरदायित्व तथा जिम्मेवारी हस्तान्तरणको विधि, प्रभावकारी समूह कार्य, अभिभावकसँगको सहकार्यमा बाहिरी सम्बन्धको विकास कसरी गर्न सकिन्छ भन्नेजस्ता अत्यन्त मह¤वपूर्ण विषयमा तालिम केन्द्रित भएको थियो ।
बेलायतको लिड्स विश्वविद्यालयमा रही शैक्षिक नेतृत्व विकाससम्बन्धी विषयमा विशिष्ट अनुसन्धान र शिक्षणको अनुभव हासिल गरेका प्राध्यापकद्वय डा.माइकल विल्सन र ब्रेन्डेन हिगिन्सले स्रोत व्यक्तिका रूपमा कार्यशालामा आफ्नो मह¤वपूर्ण प्रस्तुति दिएका थिए ।
चितवन जिल्लाका सरकारी र निजी विद्यालयका दुईदर्जन प्रतिनिधि प्रधानाध्यापकहरू कार्यशालामा सहभागी भएका थिए । कार्यक्रम काडमाडौँस्थित कान्जिरोआ राष्ट्रिय विद्यालयका प्राचार्य महेन्द्र खनालको संयोजन र सक्रियतामा सम्पन्न भएको थियो । एसओएस बालग्राम भरतपुरले कार्यक्रमको व्यवस्थापन गरेको थियो ।

The post एसओएसमा प्रधानाध्यापकहरूका लागि कार्यशाला appeared first on चितवन पोष्ट.