काँग्रेसको घोषणापत्र सार्वजनिक, रत्ननगरलाई सुन्दर पर्यटकीय नगर बनाउने प्रतिबद्धता

काँग्रेसको घोषणापत्र सार्वजनिक, रत्ननगरलाई सुन्दर पर्यटकीय नगर बनाउने प्रतिबद्धता

रत्ननगर । नेपाली काँग्रेस रत्ननगर नगर समितिले विकासको योजनासहितको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । काँग्रेसले रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी सुन्दर पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको हो । पर्यापर्यटनलाई मुख्य जोड दिइएको सो घोषणापत्रले नगरको विकासमा मह¤वपूर्ण कामहरु गर्ने जनाइएको छ ।
कृषिका क्षेत्रमा कृषि आधुनिकीकरण गर्दै कृषकलाई उपकरण खरिदमा छुटको व्यवस्था गर्ने, माटो परीक्षण, बाली रोग उपचार शिविर वडा नं १५ मा कृषि प्रयोगशाला निर्माणजस्ता मह¤वपूर्ण काम गर्ने पत्रमा उल्लेख छ । टोल फ्रि तथा किसान कल सेन्टरजस्ता मह¤वपूर्ण कुराहरु घोषणापत्रमा उल्लेख छ ।
रत्ननगर अस्पतालको विकास गर्दै चार नगरपालिका र एक गाउँपालिकाको साझा अस्पतालको रुपमा विकास गर्ने, नगरका सबै वडाहरुमा सुविधासम्पन्न स्वास्थ्य चौकी स्थापना गरी जनतालाई स्वास्थ्य सेवा घर–घरमा पु¥याउने, सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरी सबै नागरिकको स्वास्थ्य बिमा गर्नेलगायतका कार्यक्रमहरु रहेको घोषणापत्रमा उल्लेख छ ।
भौतिक पूर्वाधारका क्षेत्रमा नगरको बाह्य र भित्री घेरा गरी चक्रपथ निर्माण गर्ने, मुख्य मार्गमा अप्टिकल फाईवरको जडान गरी हरेक घरमा सञ्चारको पहुँच पु¥याउने, नगरभित्रका सडकको वर्गीकरण गरी कालोपत्रे गरिनेलगायतका काम गर्ने घोषणापत्रमा बताइएको छ । राप्ती नदीमा जलक्रिडास्थल निर्माण गरी बगैँचाको रुपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
काँग्रेसको मुख्य नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान ः काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’अन्तर्गत रही सौराहालाई २०७४ मा घुमफिर वर्ष घोषणा गर्दै पर्यटन प्रवद्र्धनमा अगाडि बढाउने र नेपालको दोस्रो पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
सो अवसरमा बोल्दै मेयरका उम्मेदवार रुपनराज घिमिरेले ‘एक नगर ः एक पहिचान’ गर्दै नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले पिठुवालाई अन्न भण्डार र सौराहालाई पर्यटन सिटीको रुपमा विकास गर्ने बताए ।
कार्यक्रममा उपमेयरकी उम्मेदवार नीता ढकालले रत्ननगर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर निर्माण गर्ने बताइन् ।
सांसद शेषनाथ अधिकारीले काँग्रेसले मात्र जनताले गौरव गर्ने योजना निर्माण गरेर कार्यान्वयन गर्ने गरेको बताउँदै काँग्रेसका जनप्रतिनिधिहरुबाट कहिल्यै जनतालाई धोका नहुने भन्दै आमनगरवासीले काँग्रेसलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गरे । आफूले गरेको विकास निर्माणका कारण जनता सन्तुष्ट रहेको त्यसले स्थानीय निकायको निर्वाचनमा सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का क्षेत्रीय सभापति कुमार कार्कीले अहिलेसम्मको विकास र निकासका लागि काँग्रेस बलियो रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रत्ननगर नगर समितिले निर्वाचनका सन्दर्भमा हालसम्म गरेका गतिविधिका बारेमा निर्वाचन परिचालन समितिका संयोजक माधव अर्यालले जानकारी गराएका थिए ।
यसैबीच नेपाली काँग्रेसका तर्फबाट रत्ननगरको नगरप्रमुखका उम्मेदवारलाई रत्ननगरमा भएको सडक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र ढल निकासका लागि जनताले आग्रह गरेका छन् ।
०५४ सालको स्थानीय निर्वाचनका जनप्रतिनिधिहरुले जनताको काम गर्न नसकेको भन्दै उनीहरुले घिमिरेको समूहलाई यस्तो आग्रह गरेका हुन् । आफ्नो समूह विजयी भएमा जनताको मागलाई सम्बोधन गर्न सकिने भन्दै घिमिरेले ईच्छा शक्तिका कारण मात्रै विकास सम्भव रहेको बताए ।
‘रत्ननगरलाई रत्नजस्तै बनाउने’ योजनाका साथ आफू निर्वाचनमा लागेकोसमेत उनको भनाइ छ । निर्वाचन प्रचारप्रसारका क्रममा रत्ननगरको विभिन्न स्थानमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।
मेयर र उपमेयर पदका उम्मेदवारसहित १, २ र १० मा घरदैलो कार्यक्रम सम्पन्न गरिएको प्रचारप्रसार समितिका संयोजक दिवाकर अर्यालले जानकारी दिए ।

The post काँग्रेसको घोषणापत्र सार्वजनिक, रत्ननगरलाई सुन्दर पर्यटकीय नगर बनाउने प्रतिबद्धता appeared first on चितवन पोष्ट.