गीत

गीत

प्रकाश भट्टराई

व्यथा बताउँदिनँ भन्दा पनि
मुटुबाट उम्लिएर पोखियो
दर्दको प्रहार सहन नसकी बर्बराउँदा
साँचेर राखेको पीडाको बाँध भत्कियो

यस्तो लाग्यो दुःख बाँडे कम हुन्छ
खडेरीमा वर्षा भई रमझम हुन्छ
तर होइन रै’छ, यो एउटा भ्रम रै’छ
मतलबी दुनियाँमा अरुको मर्म अर्थहीन रै’छ

व्यथा बताउँदिनँ भन्दा पनि
मुटुबाट उम्लिएर पोखियो
दर्दको प्रहार सहन नसकी बर्बराउँदा
साँचेर राखेको पीडाको बाँध भत्कियो

सहारा खोज्दै भौँतारिँदा तिरस्कार मिल्यो
कोमल मनमा काँडाको अत्याचार बिझ्यो
तिर्खाएर व्याकुल बन्दा शीतल जल मिलेन
जिन्दगी उकाली मात्र भयो समतल आएन

व्यथा बताउँदिनँ भन्दा पनि
मुटुबाट उम्लिएर पोखियो
दर्दको प्रहार सहन नसकी बर्बराउँदा
साँचेर राखेको पीडाको बाँध भत्कियो

The post गीत appeared first on चितवन पोष्ट.