‘निकुञ्जबाट सहजता र तटबन्धनलाई प्राथमिकता’

‘निकुञ्जबाट सहजता र तटबन्धनलाई प्राथमिकता’

माडी । नेपाली कांग्रेसका तर्फबाट माडी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद महतोले चितवन राष्ट्रिय निकुञ्ज हँुदै माडी जान देखापरेका अवरोध हटाउन लागिपर्ने बताएका छन् । राती निकुञ्ज हुँदै माडी जान निषेध गरिएको छ ।
“आफ्नै ठाउँ जाँदा पनि पटकपटक कर तिर्दै जानुपर्ने अवस्था छ”, माडीमा आयोजित कोणसभामा उनले भने, “जनताबाट लिइने कर हटाइनेछ, सहज रुपमा ओहरदोहर गर्ने वातावरण मिलाइनेछ ।” निकुञ्ज आसपासका वस्तीमा जंगली जनावरले पु¥याउने क्षतिबापतको रकम ज्यादै न्यून भएको भन्दै क्षतिपूर्ति रकम बढाउन पहल गर्ने जिकिर गरे । “निकुञ्ज ऐन परिमार्जित गर्ने पहिलो काम हुनेछ”, उनले भने, “बस्ती सुरक्षाका उपाय अपनाइने छ ।”
उपमेयरमा उम्मेदवारी दिएकी कांग्रेसकी नेता शिवमाया भट्टराईले बर्सेनि बाढीको त्रास खेप्नुपर्ने समस्या दीर्घकालीन रुपमै समाधान गरिने बताइन् । “नगरपालिकाले अब आफ्नै स्रोत तथा केन्द्रीय बजेटमा रिउ तथा अन्य ठाडो खोलामा तटबन्धन गरिने योजना ल्याउने छ”, उनले भनिन्, “माडीलाई बाढी प्रभावित क्षेत्र होइन, सुरक्षित बसोवासको नगर बनाउने योजना लिएका छौँ ।” कांग्रेस माडी नगर समितिको अगुवाइमा शुक्रबार पनि विभिन्न ठाउँमा कोणसभा तथा ¥याली गरिएका छन् ।
नगर सभापति कोमलनाथ भुषालले देवेन्द्रपुर, कीर्तनपुर, कल्याणपुर, बरुवा, बनकट्टा, पाँचपाण्डव क्षेत्रमा ¥याली तथा कोणसभा गरिएको जानकारी दिए । स्थानीय तहको चुनावलाई लक्षित गरी माडीमा कांग्रेसले चुनावी घरदैलोलाई तीव्र पारेको छ ।

The post ‘निकुञ्जबाट सहजता र तटबन्धनलाई प्राथमिकता’ appeared first on चितवन पोष्ट.