माओवादीको कोणसभा र घरदैलो

माओवादीको कोणसभा र घरदैलो

रत्ननगर । माओवादी केन्द्र रत्ननगरले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शुक्रबार सबै वडाहरुमा मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरुसहित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।
रत्ननगर वडा नं. १२ मा मेयर पदका उम्मेदवार पूर्णबहादुर अम्गाईं सुबोध र उपमेयरकी उम्मेदवार संगीता भट्टराईसहित वडाअध्यक्षका उम्मेदवार श्याम बराल र सदस्यका उम्मेदवारले जिरौना सालघारीचोक, गणेशचोक, जमुनापुरचोक, आदर्शचोकलगायतको क्षेत्रमा घरदैलो गरी कोणसभा गरेका थिए ।
स्थानीय तह निर्वाचनको चुवानी प्रचारप्रसार कार्यक्रमअन्तर्गत शुक्रबार माओवादी केन्द्रले सबै वडामा चुनावी कोणसभा गरेको छ । वडाहरुमा भएको चुनावी कोणसभामा बोल्दै मेयरका उम्मेदवार सुवोधले नगरको समुन्नत विकास र उज्ज्वल भविष्यको लागि माओवादी केन्द्रलाई विजयी गराउनुपर्ने बताए ।
उनले आफू निर्वाचित भएमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धता जनाए । सो अवसरमा बोल्दै उपप्रमुख पदकी उम्मेदवार संगीता भट्टराईले सम्पूर्ण वडा र नगरको समस्या समाधान गर्नको लागि माओवादी केन्द्रलाई अत्याधिक मत दिन आग्रह गरिन् ।
जनचाहनाअनुसार आफूले नगरको विकास गर्ने उनले बताइन् । नगरको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाउन माओवादी केन्द्रलाई जिताउनुपर्नेमा उनको जोड थियो । चुनावी सभामा नगर इन्जार्च कञ्चन खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पन्त, वाईसीएलका प्रकाश पराजुली, वडाअध्यक्षका उम्मेदवार, सदस्यहरुसहित नेता तथा सयौँ कार्यकर्ताको सहभागिता रहेको रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारहरु वडा नं. १ का गणेश पौडेल, वडा नंं २ नारायणकाजी श्रेष्ठ, वडा नं. ३ का कृष्णप्रसाद अधिकारी, वडा नं. ४ का प्रेमकुमार महतो, वडा नं. ५ का सीताराम श्रेष्ठ, वडा नं. ६ का विक्रम महतो, वडा नं. ७ का बुधराम महतो, वडा नं. ८ का झगरु महतो, वडा नं. ९ का मेघनाथ पौडेल, वडा नं. १० का ज्ञानेन्द्रराज पाण्डे र वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद देवकोटा, वडा नं १३ का हरि खड्का,वडा नं १४ का विष्णु पोखरेल, वडा नं १५ मा द्रोणप्रसाद लामिछाने र वडा नं १६ का पुरुषोत्तम लामिछानेलगायत वडा सदस्यका उम्मेदवारहरु र माओवादी कार्यकर्ताहरुले आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।
उनीहरुले नेकपा माओवादी केन्द्रलाई जिताउन वडाका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरुसँग भोट मागेका थिए ।
यसैबीच नेपाली कांग्रेस रत्ननगर वडा नं १२ का दुईजना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रुद्रबहादुर महत काजी र सरस्वती महत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

The post माओवादीको कोणसभा र घरदैलो appeared first on चितवन पोष्ट.