रत्ननगरमा राप्रपाको घरदैलो

रत्ननगरमा राप्रपाको घरदैलो

रत्ननगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्ननगरमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । राप्रपाबाट रत्ननगर नगरपालिकाको मेयर पदका उम्मेदवार गोविन्दप्रसाद अधिकारी, उपमेयर पदकी उम्मेदवार उर्मिला पासवानसहित वडाअध्यक्षका उम्मेदवारहरुले घरदैलो गरी जनतासँग भोट मागेका छन् ।
राप्रपाका उम्मेदवारहरुले देशमा हिन्दू राष्ट्र कायम गराउन आफूहरुलाई भोट दिन जनतासँग आग्रह गरेका छन् । राप्रपाले शुक्रबार वडा नं.१, २, ४ र ८ नम्बरमा घरदैलो गरी भोट मागेका थिए । राप्रपाले हिन्दू राष्ट्र स्थापित र सुकुमबासी समस्या समाधानको विषयलाई चुनावी एजेण्डा बनाएर जनतासँग भोट मागेका राप्रपाका क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए ।
घरदैलोमा उम्मेदवारसहित सयौँ कार्यकर्ताहरु घरदैलोमा सहभागी भएका छन् । राप्रपाले राष्ट्रियताको विषयलाई नागरिकस्तरसम्म पु¥याउन र जनतासँग भेटघाट गर्ने कामलाई तीव्र परेको क्षेत्रीय सचिव हरिशरण भट्टराईले बताए ।
स्थानीय तहको निर्वाचनको लागि भोट माग्न १६ वटै वडाका वडाअध्यक्षहरु जनताको घरघरमा पुगेको उनले जानकारी दिए ।

 

The post रत्ननगरमा राप्रपाको घरदैलो appeared first on चितवन पोष्ट.