तोरीखेतमा कांग्रेसको कोणसभा

तोरीखेतमा कांग्रेसको कोणसभा

नेपाली कांग्रेस भरतपुर महानगरपालिका वाड नम्बर ५ ले शनिबार वृहत मोटरसाइकल ¥याली एवम् कोण सभा गरेको छ ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–५ को पार्टी कार्यालयबाट सुरू भएको ¥यालीले कैलाशनगर, रामबाग, नारायणपुर, आनन्दपुर , कल्याणपुर हँुदै तोरीखेत गुलाफबागमा पुगेर कोणसभामा परिणत भएको थियो । साथै केन्द्रबाट भएको चुनावी तालमेलअनुसार मेयरमा माओवादी केन्द्रलाई सघाउन र उपमेयरमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सहयोग गर्न वडाध्यक्षका उम्मेद्वार भक्तिप्रसाद तिमिल्सेनाले आग्रह गरे । सो ¥यालीमा नगर समिति सदस्य उम्मेद्वार देवकी गौतम , खुल्ला सदस्यद्वय झलकबहादुर तमाङ र दामोदर सुवेदी , दलित महिला सदस्य शारदा नेपाली परियारलगायत सयौ कार्यकर्ता तथा शुभच्छुहरुको सहभागिता रहेको थियो ।

The post तोरीखेतमा कांग्रेसको कोणसभा appeared first on चितवन पोष्ट.