निर्वाचनमा नागरिकको चासो, तीन मेयरका उम्मेदवारहरु, एजेण्डा सुनाउन एउटै मञ्चमा

निर्वाचनमा नागरिकको चासो, तीन मेयरका उम्मेदवारहरु, एजेण्डा सुनाउन एउटै मञ्चमा

–तुलमान गुरूङ
भरतपुर । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मतदाताहरूको चासो झनै बढ्दै गएको छ ।
सबैतिर निर्वाचनको चर्चा परिचर्चा भएसँगै सबैभन्दा बढी ध्यान भने भरतपुर महानगरले नै तानेको छ । जसले गर्दा पनि महानगरका विभिन्न स्थानहरूमा मेयर पदकै बढी चर्चा भइरहेको छ । यसैक्रममा शनिबार भरतपुरमा रहेको कृष्णपुर स्पोर्टस् क्लबले भरतपुर महानगरपालिको मेयर पदका उम्मेदवारहरूसँग अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा मेयरका तीन जना उम्मेदवारहरूले आ–आफ्ना एजेण्डा सुनाउँदै महानगरको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले महानगरभित्र खाने पानीको उचित व्यवस्थापन नै आफ्नो पहिलो एजेण्डा भएको बताए । त्यसपछि यातायातका लागि बाटो, आधुनिक तथा व्यवस्थित खेल मैदान निर्माणलगायतका एजेण्डाहरू अघि सारे । ‘अबको ५ वर्षभित्र स्वच्छ खानेपानी व्यवस्थापन, सबै घरघरमा एम्बुलेन्स र दमकल पुग्ने गरी सडक निर्माण तथा खेलकूदको विकासका लागि आधुनिक खेल मैदान निर्माण गरिनेछ,’ उनले भने, ‘जबसम्म आधुनिक रंगशाला हुँदैन, तबसम्म खेलकुदको विकास गर्न सकिँदैन । अर्को कुरा जहाँ एम्बुलेन्स छिर्न सक्दैन, जहाँ दमकल छिर्न सक्दैन त्यस्तो ठाउँ कसरी महानगर हुन सक्छ ?’
सबै वडाका समस्यालाई कसरी व्यवस्थित गर्ने, नागरिकको अधिकारलाई कसरी प्रत्याभूत गर्ने, फोहोरलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि आवश्यक कार्यक्रम ल्याएको उनले बताए । साथै १९ वर्षपछि निर्वाचन हुन लागेकोले पनि आफूले जित्नेमा पूर्ण आशावादी रहेको उनले दाबी गरे । ‘लामो समयपछि हुन लागेको निर्वाचनको पूर्णरूपमा सफल पार्नका लागि सबै मतदाताहरूको उत्तिकै मह¤व हुन्छ,’ उनले भने, ‘विगतका कामहरूलाई हेरेर पनि मलाई भरतपुरको मेयरमा भोट दिएर जिताउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’
समृद्ध महानगरको लागि सरकारले छुट्याएको बजेटले मात्रै महानगरको विकास सम्भव नहुने भएकोले सबै आवश्यकतालाई प्रत्याभूति हुने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने उनको भनाइ छ । ‘आउँदा दिनहरूमा पनि नगरबासीकै सेवामा समर्पित हुने व्यक्ति भएकोले जस्तोसुकै समस्या र चुनौती आइपरे पनि त्यसको सामना गर्दै अगाडि बढ्नेछु,’ उनले भने । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलका कारण भरतपुर महानगरको मेयरका लागि आफूलाई फाइदा भएको उनको धारणा थियो ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले भने नेपाली कांग्रेससँगको तालमेललाई सहज रूपमा लिएकी छन् । नेपाली कांग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाउनु स्वभाविक भएको भन्दै उनले भनिन्, ‘अहिलेसम्म जनताहरूलाई स्थानीय तह निर्वाचनमा तालमेल भएको अवस्था थिएन । त्यसैले बानी नपरेको हो । मतदानका बेला अप्ठ्यारो पक्कै पनि लागेको हुन सक्छ । तर, निस्फिक्री तरिकाले मेयरको लागि रेणु दाहाललाई र उपमेयर पदका लागि पार्वती शाहलाई भोट दिनुहोला ।’
भरतपुर महानगरको मेयरका लागि भएको सत्तापक्षका दुई दलको गठबन्धनले यहाँका मतादाताहरूमा भने अन्यौलता छाएको छ । तर, उनले भने नेपाली कांग्रेसले माओवादीलाई सघाउन आग्रह गरेकी छिन् । ‘यदि नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई साथ नदिने हो भने, अन्य महानगरमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई कसरी सघाउने,’ उनले प्रश्न गरिन्, ‘त्यसैले केन्द्रबाटै तालमेल भइसकेको अवस्थामा दायाँबायाँ सोच्नुपर्ने अवस्था नै छैन ।’
महानगरबासीहरूलाई आजसम्म रेणु दाहाल कहाँ गएकी थिइन् भन्ने प्रश्न पनि उब्जिएको छ । ‘एसएलसीसम्मको अध्ययन सकेपछि म समाज परिवर्तनका लागि युद्धमा होमिएकी व्यक्ति हुँ,’ उनले भनिन्, ‘अहिलेसम्म जहाँ जुन अवस्थामा रहे पनि समाज परिवर्तनकै काममा लागिरहेँ । म राजनीति गर्ने क्रममा जिल्ला बाहिर रहे पनि चितवनकी चेली हुँ । त्यसैले मलाई विश्वास छ । अबको सुन्दर महानगरको लागि माओवादी केन्द्र र नेपाली कांग्रेसलाई अमूल्य मत दिएर जिताउनुहुने छ ।’
चितवन जिल्ला शिक्षा, स्वास्थ्य र पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले सबै मिलेर महानगरको विकासमा लाग्नुपर्ने उनले बताइन् । ‘विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरूले बुबाको नाम जोडेर प्रचार गरेकोमा भने उनले गुनासो गरिन् । ‘पत्रकार साथीहरूले जतिबेला पनि प्रचण्डपुत्री भनेर म माथि अन्याय गरिरहनुभएको छ,’ उनले भनिन्, ‘कृपया अब यस्तो नगरिदिनुहोला ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बद्री तिमिल्सेनाले भने सबै दलहरूको अथक प्रयासबाट भरतपुरलाई महानगर बनाउन सफल भएको दाबी गर्दै अबको भरतपुर महानगरको मेयर पदका लागि राप्रपाको अवश्यकता महसुस गरिएको बताए । राष्ट्रवादी पार्टी भएकोले पनि राप्रपाको जित निश्चित भइसकेको उनले बताए । ‘मैले के गरेँ भन्नुभन्दा पनि राप्रपाले के ग¥यो भन्ने कुरा जनतालाई प्रष्टै छ,’ उनले भने, ‘जुन कुरा मैले भनिरहनै पर्दैन ।’
चितवनबासी जिल्लाका सबै जनताको घरदैलोमा पुगेको हुँदा राप्रपाले नै जित्ने उनले दाबी गरे । ‘तर, नेकपा एमालेका साथीहरूले भने बद्रीले छोड्यो भनेर प्रचार गरेकोमा मलाई चित्त बुझेको छैन,’ उनले भने, ‘हामी हार्न तयार छौँ । तर, कुनै पनि पार्टीसँग तालमेल गर्नु आवश्यक छैन । मसँग भरतपुरलाई विकासको गतिमा लैजान सक्ने भिजन छ ।’ राप्रपाले अन्य पार्टीले जस्तो ठूला र झुटा आश्वासन जनतालाई कहिल्यै नदिने बताउँदै उनले भने, ‘आखिर जसले जिते पनि महानगरको विकासका लागि सबै पार्टी मिलेर काम गर्नुपर्छ । त्यसैले मैले जितिसकेको अनुभव पाएको छु । अब अबिर लगाउन मात्रै बाँकी छ । यदि हारे पनि म सहयोग गर्न तयार छु ।’

The post निर्वाचनमा नागरिकको चासो, तीन मेयरका उम्मेदवारहरु, एजेण्डा सुनाउन एउटै मञ्चमा appeared first on चितवन पोष्ट.