बालबालिकाको प्रयोगबारे अनुगमन

बालबालिकाको प्रयोगबारे अनुगमन

भरतपुर । चितवनमा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले चुनावी प्रचार अभियान तीव्र पारे सँगै बालबालिकाको प्रयोगबारे शनिबार अनुगमन भएको छ ।
निर्वाचन आचारसंहिताको बुँदा नं ४(ड) मा ‘निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न र गराउन नहुने’ उल्लेख छ । महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा टोली परिचालन गरेर अनुगमन सुरू भएको बताइन् । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सहभागितामा बनाइएको समितिमार्फत अनुगमन थालिएको हो ।
कार्यालय प्रमुख पौडेलको संयोजकत्वमा बनेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, शिक्षक महासंघ, इन्सेक, जिल्ला बालकल्याण समिति, सिविन नेपाल, बाल सञ्जाल, केन्द्रीय बालकल्याण समिति र पत्रकार महासंघका प्रतिनिधि सहभागी छन् ।

The post बालबालिकाको प्रयोगबारे अनुगमन appeared first on चितवन पोष्ट.