माओवादी केन्द्रको मोटरसाइकल ¥याली

माओवादी केन्द्रको मोटरसाइकल ¥याली

रत्ननगर । स्थानीय तहको निर्वाचनको प्रचारको लागि नेकपा माओवादी केन्द्र रत्ननगरले रत्ननगरको वडा नं ११, १२ र १३ मा शनिबार मोटरसाइकल ¥याली निकालेको छ ।
५०० बढी मोटरसाइकलले वडाका जयमंगला, डुम्री चोक, भीमबहादुर चोक, टिकौली, वैरिया, लौरीघोललगायतका स्थानमा परिक्रमा गरेको थियो । ¥यालीपछिको समापन सभालाई सम्बोधन गदै मेयरका उम्मेदवार पूर्ण अम्गाईले युवा उद्यमशिलतालाई विशेष प्राथमिकता दिन र युवा विदेश पलायनलाई रोक्न माओवादी केन्द्रलाई मतदान गर्न आग्रह गरे । उनले माओवादी केन्द्रले जितेमा रत्ननगरलाई देशको नमुना नगर बनाउने र पर्यटन, कृषिलगायतको क्षेत्रमा व्यापकमात्रामा विकास गरिने दाबी गरे ।
सोही अवसरमा बोल्दै उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईले दलित, महिला, सुकुमबासीको साथी माओवादी पार्टी भएको बताउदै नयाँ रत्ननगर बनाउने खाका र योजना आफ्नो पार्टीसँग मात्र भएको जिकिर गरिन् । सो अवसरमा वडा नं ११, १२ र १३ नं वडा अध्यक्ष पदका उम्मेदवारहरुले चुनावपछि जनप्रतिनिधिको रुपमा नगर र वडाको विकासमा विकास गर्न आफुहरुले उम्मेदवारी दिएको बताएका थिए । ¥यालीमा नगर इन्चार्ज कञ्चन खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पन्त, वाईसीएलका प्रकाश पराजुली, वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद देवकोटा , वडा नं १२ का वडा अध्यक्षका उम्मेदवार श्याम बराल, वडा नं १३ का हरि खड्का, नगर र वडास्तरका नेता तथा सयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारहरुले शनिबार पनि आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । त्यसैगरी नेकपा एमाले रत्ननगर वडा नं ८ का वीरबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तामाङलाई माओवादी केन्द्र रत्ननगरका नगर इन्चार्ज कञ् चन खनाल, प्रमुखका उम्मेदवार पूर्ण अम्गाई, उपप्रमुख पदकी उम्मेदवार संगीता भट्टराईले टीका, माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

The post माओवादी केन्द्रको मोटरसाइकल ¥याली appeared first on चितवन पोष्ट.