रत्नगरमा कांग्रेसको कोणसभा र ¥याली

रत्नगरमा कांग्रेसको कोणसभा र ¥याली

रत्ननगर । नेपाली कांग्रेसले निर्वाचनलाई केन्द्रित गरी रत्ननगरमा घरदैलो र कोणसभा गरेको छ ।
मेयर पदका उम्मेदवार रुपनराज घिमिरे र उपमेयर पदका उम्मेदवार नीता ढकालसहित वडा अध्यक्षका उम्मेदवारहरुले रत्ननगरका विभिन्न वडामा कोणसभा र घरदैलो गरेका हुन् । कोणसभामा मेयर पदका उम्मेदवार घिमिरेले नेपाली कांग्रेस सधै सुकुमबासीका र भूमिहीनको पक्षमा रहेको बताए । अहिले भूमिहीन सुकुमबासीमा देखिएको समस्या समाधान गर्नका पनि कांग्रेस नेतृत्वको समूह विजयी हुन आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेसका तर्फबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसद शेषनाथ अधिकारीको सक्रियतामा रत्ननगर–१३ नमोबुद्ध टोल एवम् पुरानो स्याउली बजारमा रहेका सुकुमबासीहरुलाई व्यवस्थित बसोबासको व्यवस्था गरिएको भन्दै घिमिरेले आफ्नो समूहले नगरको नेतृत्व लिन पाएको खण्डमा सुकुमबासी समस्या समाधान गर्न सहज उपायहरुको खोजी गरी भूमिहिनलाई जग्गा धनि प्रमाणपूर्जा दिने बताए ।
रत्ननगर–१३ मा आयोजित सभालाई सम्बोधन गर्दै घिमिरेले आफ्नो समूहको विजयीले रत्ननगरका जनताको अधिकार सुनिश्चित गर्नेमा विश्वस्त रहन आग्रह गरे । अहिले नगरमा देखिएको फोहोर र ढलको व्यवस्थापन गर्दै रत्ननगरलाई साँच्चिकै रत्न बनाउन आफू लागि पर्ने उनले बताए । यसै क्रममा शनिबार रत्ननगरका विभिन्न वडाहरुबाट मोटरसाइकल ¥याली एवम् घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख र उपप्रमुखसहित वडा नम्बर १, २, १३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ भने अन्य वडाहरुमा वडा अध्यक्षसहितको घर दैलो कार्यक्रम सम्पन्न भएको छ । सो घरदैलोका क्रममा कांग्रेसका तर्फबाट प्रमुख र उपप्रमुखको प्रतिस्प्रधी बनेका उम्मेदवारहरुले स्थानीयको समस्या समाधानका लागि आफूहरु लाग्ने भन्दै गुनासो समेत सुन्ने काम भएको निर्वाचन परिचालन समितिका संयोजक माधव अर्यालले जानकारी दिए ।

The post रत्नगरमा कांग्रेसको कोणसभा र ¥याली appeared first on चितवन पोष्ट.