कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

खैरहनी । खैरहनी नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।
खैरहनी नगरपालिका–९ बस्यौलीस्थित चौधरीको घरमा बा ८ च १५६२ नम्बरको स्कारपियो गाडीमा शनिबार राति बम प्रहार भएको हो । बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । गाडीको अगाडिको सीसा चर्किएको छ । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

The post कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार appeared first on चितवन पोष्ट.