काग्रेस माओवादी संयुक्त सभा र घरदैलो शुरु

चितवन २५ वैशाख चुनावी तालमेल गरेको चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कार्यक्रमहरु गर्न थालका छन् । संयुक्त कार्यक्रम शुरु भएपछि कार्यकर्ताहरुमा उत्साह छाएको छ । दुवै दलहरुले महानगरका विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरुमा नेपाली काग्रेस र नेकपा माओवादी दुवै दलका उमेद्वार,नेता र कार्यकर्ताहरु उपस्थित भएर मत माग्न थालेका हुन् ।

सोमवार मात्रै पश्चिम चितवनका पटिहानी,मेघौली,शुक्रनगर लगायतका क्षेत्रहरुमा दुवै दलहरुले कार्यक्रम आयोजना गरेका छन् । यी कार्यक्रमहरुमा उपस्थित नेताहरुले काग्रेस माओवादी तालमेल आजको आवश्यकता भएको वताए । पटिहानीमा भएको कार्यक्रममा नेपाली काग्रेसका उपसभापति कैलाश कोइरालाले नेपाली काग्रेसका कार्यकर्ताहरु इमान्दार र अनुशाषित सिपाही भएकोले केन्द्रिय निर्देशन वमोजिम नै मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई भोट हाल्न आतुर भएको वताउनुभयो । त्यसैगरी नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी,प्रकाश अधिकारी,सितल महतो,विनु रायमाझी लगायतका नेताहरुले काग्रेस र माओवादीको तालमेलले कार्यकर्ताहरुमा निकै उत्साह आएको र यो गठजोडले चितवनमा विकासको वहार ल्याउन पनि सम्भव भएको वताएका थिए । त्यसैगरी आजै नेपाल महिला संघ भरतपुर वडा नं ७ ले आयोजना गरेको कार्यक्रममा पनि काग्रेस,माओवादी गठवन्धनका दुवै उमेद्वारहरु उपस्थित भएका थिए । सो अवसरमा मेयरका उमेद्वार रेणु दाहालले मुलुकका विभिन्न महत्वपूर्ण निकायहरु महिलाहरुले संचालन गर्न सफल भइरहेको समयमा भरतपुरमा मेयर र उपमेयरकै उमेद्वार महिला आइरहदा जनतामा उत्साह छाएको वताउनुभयो । उहाले आफुले निर्वाचनको मैदानमा रहिरहदा काग्रेस सहित सवैको साझा उमेद्वार भएको र निर्वाचन पश्चात पनि कसैलाई भेदभाद नगरी भरतपुरलाई काठमाण्डौंसंग सहज रुपमा जोडी काम गर्न प्रतिवद्ध रहेको वताउनुभयो । उपमेयरका उमेद्वार पार्वती शाहले विस वर्ष पछि जनताले भोट हाल्ने अवसर पाएको उल्लेख गर्दै माओवादी काग्रेस तालमेलले आफुहरुको जीत सुनिश्चित भएको दावी गर्नुभयो । सो अवसरमा नेताहरु उमा रेग्मी,पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी,नेपाली काग्रेस भरतपुरका पूर्व सभापति मिलनवावु श्रेष्ठ,नेकपा माओवादी केन्द्र भरतपुर नगर इन्चार्ज इश्वर सापकोटा,नेपाल महिला संघ चितवनकी सचिव लक्ष्मी लामिछाने,नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य कल्पना पौडेल लगायतले काग्रेस माओवादी तालमेलले अहिले निर्वाचन जीत्ने मात्रै नभइ भरतपुरलाई नमूना वनाउन समेत मद्धत पुग्ने वताए ।