ठूला दलको अपवित्र गठबन्धन र आजको आवश्यकता

ठूला दलको अपवित्र गठबन्धन र आजको आवश्यकता

मोदनाथ मरहठ्ठा
विश्वभर कार्लमाक्र्सको दुई सयौँ जन्म–सन्दर्भ मनाइरहँदा नेपालका ठूलो भनिएका वामपार्टीहरु भने ओरालो लाग्दैछन् । उनीहरुका गैरकम्युनिस्ट क्रियाकलापले प्रश्रय पाउ“दै गएपछि माक्र्सवादका शुभचिन्तक र समर्थकहरुमा अन्योलता उब्जिएको छ ।
स्थानीय निकाय निर्वाचनको तिथिमिति जतिजति नजिकिंँदै छ, त्यतित्यति घटनाहरु उल्टो दिसातर्फ मोडिँदै छन् । हरेक वडा, नगर वा गाउ“पालिकाहरुमा राजनीतिक दलहरु घरदैलो वा कोणसभा र ¥यालीतिर केन्द्रित छन् । तिहारका दिनहरुमा भैलो वा देउसी खेल्न आउने टोली जस्तै भोट माग्नेहरुको टोली घरघर धाउ“दो छ । के सा“च्चै यी दलहरु आफ्नो घोषणा या प्रतिबद्धता–पत्रमा कबुल गरेका मुद्दामा केन्द्रित हुन्छन् त, या कमाउ धन्दामा लाग्छन् ? यसबारे केही छलफल गर्नु जरूरी छ ।
पहिलो कुरा स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने पार्टी कार्यकर्ताबीचको लुछाचु“डी छिनाझम्टी र उम्मेदवार बन्न नसक्नेका पीडा या आक्रोश पनि सतहमा आउन थालेका छन् । पैसाको दम्भ वा नेताज्यूहरुको ज्यू, हजुरी र चम्चागिरीका आधारमा टिकट पाउने कार्यकर्ता मख्ख र फुरूङ्ग छन् भने त्याग, निष्ठा र इमान बोकेका कार्यकर्ता फ्याँकिएका छन् । यस्तो खालको स्थिति अमूक दलको मात्र होइन, ठूला भनिएका चारवटै दलभित्रको अवस्था हो ।
विकास निर्माणमा विशेष मह¤व राख्ने र संघीय संरचनाअनुरुप गठन गरिएका निकाय सञ्चालन गर्ने, जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने वाचा बा“धेका दलहरुको अपवित्र गठबन्धनको चरित्र देखेर जनताहरु विकल्प खोज्न बाध्य बन्दैछन् ।
अहिले सतहमा आएका दलीय गठबन्धनबारे अलिकति विवेचना गर्नुपर्ने देखिन्छ । सिंहदरबारमा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार छ । विचार, चेतना र सिद्धान्तका हिसाबले कांग्रेस र माओवादी फरक ध्रुवका हुन् । माओवादी केन्द्र आफू मालेमालाई पथप्रदर्शक सिद्धान्त मान्छ र आफ्नो दस्तावेजहरुमा कांग्रेसलाई मुख्य दुश्मन भन्छ भने कांग्रेस आफूलाई सच्चा प्रजातन्त्रवादी र माओवादी केन्द्रलाई प्रजातन्त्रविरोधी उग्रपन्थी मान्छ । हिजोको जनयुद्ध कालमा टाउकाको मूल्य तोक्ने र तोकिनेबीचको गठबन्धन आफैँमा अर्को आश्चर्य हो ! अब यस्तै खाले गठबन्धन स्थानीय निर्वाचनमा पनि देखिन थालेको छ । यस्तो गठबन्धनले जनतामा मेलमिलाप होइन, अन्तरविरोध बढ्ने सम्भावना बलियो हुन्छ । विकास निर्माणका लागि सैद्धान्तिक मान्यता प्रमुख विषय हो । तर, यस विषयलाई गौण मानेर पद र प्रतिष्ठालाई प्रधान मानिँदो छ । कांग्रेस माओवादीबीचको चुनावी तालमेल वा गठबन्धन प्रचण्डको बाध्यता हो । किनभने, प्रचण्डहरु मालेमावाद वा विचारवाट पूर्ण रुपमा स्खलन भइसकेका छन् । जब सिद्धान्तमा विचलन आउ“छ, तब व्यक्ति वा संगठनले अर्को शक्तिस“ग आत्मसमर्पण गर्न बाध्य हुन्छ । प्रचण्डमा देखिएको प्रवृत्ति त्यही हो । अब प्रचण्डस“ग क्रान्ति, परिवर्तन वा अग्रगमनका लागि कुनै पनि विचार बा“की छैन । आफ्नो र परिवारको साख जोगाउन उनी जस्तोसुकै हर्कत गर्न पनि तयार छन् । उनलाई के थाहा छ भने नेपाली जनताको ठूलो हिस्साले आफूलाई समर्थन गर्दैन । हिजोका वाचाहरु अलपत्र पारेर सत्तामा पुगेपछि उनमा निराशा र पदलोलुपता जागेको हो । त्यसैले, कांग्रेसका वैशाखी नटेकी उनलाई सुख छैन ।
अर्कोतिर एमालेकोे अवस्था पनि उस्तै छ । प्रचण्ड र सानो दलका साथ लिएर सत्तामा पुगेको एमाले सत्ताच्युत हुनेबित्तिकै गोली लागेको घाइते बाघजस्तो बनेको छ । उसले आफ्नो पार्टी कार्यालयबाट ह“सिया, हथौडा अंकित झन्डा हटाउने तयारी गरेको छ । र, माक्र्सवाद–लेनिनवाद पार्टीको पछाडि राखे पनि मार्गदर्शक सिद्धान्त मान्न छोडेर बुर्जुवा प्रजातन्त्रतिर समाहित भइसकेको छ । यसका पनि प्रमाण छन् । “संसारका उत्पीडित एक हौँ” भन्ने आदर्श बोक्नुपर्नेमा मधेसप्रति उग्र आक्रामक हुनु राष्ट्रियताको मुद्दा उठाएको त हो, तर त्यो हिटलरी राष्ट्रवाद खालको हुनुले पनि मधेसप्रति सहानुभूति राख्ने शक्तिको नजरमा उसको साख गिरेको छ । ऊ राप्रपाजस्तो प्रतिगामी शक्तिस“ग चुनावी तालमेल गर्दैछ । ठूला दलहरुका यस्ता हर्कत राज्यको ढुकुटी दोहन गर्ने दाउपेच मात्र हुन् । केन्द्रीय सत्तामा सत्तापक्षमा वा प्रतिपक्षमा रहने दलहरुको चुनावी तालमेलको परिपार्टीले के देखाउँछ भने यिनीहरु अमेरिकी नक्कललाई पछ्याउ“दै छन् । स्थानीय निकायको निर्वाचनमा साना दलहरुलाई निर्वाचन चिन्ह नदिनु यही मनोवृत्तिको पुष्टि हो । आफूले जनविश्वास गुमाइसकेको महसुस ठूला भनिएका चार दलले गरिसकेका छन् । त्यसैले, यो गाउ“पालिका नभए त्यो गाउ“पालिका वा यो सहर नभए त्यो सहर भन्दै अपवित्र गठजोड गरिरहेका छन् । उनीहरुको ठम्याइ छ– स्वच्छ प्रतिस्पर्धा होइन, जालझेल, हाटहुट वा जेजसरी पनि सत्ता कब्जा गर्नुपर्छ । उसले बिरालो खान थाल्यो भने हामीले कुकुर खान किन नहुने ? भन्ने मान्यता उनीहरुमा देखिन्छ । यस्तो खाले चिन्तनले ग्रस्त बन्दै गएपछि सत्ता सञ्चालनमा निष्ठा, आदर्श, नीति, सिद्धान्त सबै समाप्त हुन्छ । यस्तो गम्भीर विषयमा मतदाताहरु अब सचेत बन्नुपर्दछ ।
आसन्न स्थानीय निकायको निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो विचार संगठन निर्माणका निम्ति देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा आफ्नो उपस्थिति जनाउने भएको छ । मालेमाको नीतिगत सिद्धान्त बोकेको यो मोर्चा उत्पीडितहरुको पक्षमा उभिने एकमात्र शक्ति हो । नेपाली समाजमा फैलिँदैं गएको कम्युनिस्ट मोहको रक्षा गर्ने शक्ति पनि यही हो । ठूला भनिएका कम्युनिस्ट पार्टीमा देखिएको विचलनका विरूद्धको वैकल्पिक शक्ति पनि यही हो । जाति, क्षेत्र, लिंगले उत्पीडनका विरूद्ध आवाज उठाउने माध्यम पनि यही हो । तसर्थ, यही मोर्चाको पक्षमा उभिनु आजको अनिवार्य आवश्यकता हो ।

(रनपा–३, चितवन)

The post ठूला दलको अपवित्र गठबन्धन र आजको आवश्यकता appeared first on चितवन पोष्ट.