नेपाली कांग्रेसको मोटरसाइकल ¥याली

रत्ननगर । नेपाली कांग्रेस रत्ननगरले निर्वाचनको प्रचार प्रसारका क्रममा आइतबार विभिन्न स्थानमा घरदैलो एवम् मोटरसाइकल ¥यालीको आयोजना गरेको छ ।
रत्ननगर नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ७ मा घरदैलो गरेको हो । यस्तै १४ नम्बर वडामा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । घरदैलो पछि आयोजित कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार रुपनराज घिमिरेले नेपाली कांग्रेस सधै जनताको पक्षमा रहेको बताए । जनताको सुखदुःखमा सधै कांग्रेसको साथ रहने भन्दै उनले कांग्रेसको नेतृत्वमा मात्रै जनताले विकासको महसुुस गर्ने बताए ।
हरेक जाति धर्म र संस्कृतिको संरक्षणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको घिमिरेले बताए । उपमेयर पदकी उम्मेदवार नीता ढकालले आफ्नो समूहको विजयीले मात्र दलित उत्पीडित, आदिवासीलगायतको संरक्षण गर्ने बताइन् । महिलाको हक हित संरक्षण गर्न कांग्रेसले सामाजिक सुरक्षा कार्यक्रममा विशेष खालका कामहरु गर्ने अठोटका साथ आफूहरु मैदानमा आएको उनले बताइन् । यस्तै रत्ननगर नगरपालिका वडा नम्बर १२ का ५० भन्दा बढी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

The post नेपाली कांग्रेसको मोटरसाइकल ¥याली appeared first on चितवन पोष्ट.