प्रहरी खानतलासीको विरोधमा मुद्रण संघको ध्यानाकर्षण

प्रहरी खानतलासीको विरोधमा मुद्रण संघको ध्यानाकर्षण

भरतपुर । प्रेस एशोसिएसन चितवनका सदस्य तथा न्यू सूर्यमुखी छापाखानका सञ्चालक रविन मिश्रलाई शनिबार सादा पोशाकमा आएका प्रहरीले बिना पूर्जी नै खानतलास गरेकोमा मुद्रण संघ चितवनले यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विज्ञप्तिमा बर्दीमा रहेका प्रहरीले पनि छापाखानामा प्रवेश गरी आतंक सिर्जना गरेको भन्दै विरोध गरेको हो । नियम र विधि तथा कानुनले मान्यता दिएका विषयमात्र प्रकाशन गर्दै आएकोमा प्रहरीले दुःख दिने नियतले जथाभावी खानतलासी र मानसिक यातना दिएको आरोप मुद्रण संघले लगाएको छ । प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको संघका अध्यक्ष किरण श्रेष्ठ र सचिव अर्जुन सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

The post प्रहरी खानतलासीको विरोधमा मुद्रण संघको ध्यानाकर्षण appeared first on चितवन पोष्ट.