फेरियो समाज र संस्कृति, चितवनमा यौन खेलौनाका प्रयोगकर्ता बढे

फेरियो समाज र संस्कृति, चितवनमा यौन खेलौनाका प्रयोगकर्ता बढे

तुलमान गुरूङ
नारायणगढ । चितवनमा सेक्स् टोय (यौन खेलौना) प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । पछिल्लो समय आफ्ना यौन साथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकोले पनि यसका प्रयोगकर्ता बढ्दै गएका हुन् ।
विशेषगरी धेरैजसो श्रीमान् श्रीमती मध्ये एक जना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन् । चितवनमा एकमात्र टोय बिक्री केन्द्र चितवन कण्डम हाउसका सञ्चालक नेत्रप्रसाद पौडेलका अनुसार यौनजन्य रोगहरू पनि नसर्ने र प्रयोग गर्न सजिलो हुने भएकोले पनि टोय प्रयोगकर्ताहरू बढ्दै गएका हुन् । उनका अनुसार यौनसाथीबाट पाउने मायाबाहेक अन्य चाहना टोयले पूरा गर्दछ ।
सुरूसुरूमा मानिसहरुमा यस्ता साधनबारे खासै जानकारी नभएकोले पनि प्रयोगमा नआएको उनको भनाइ छ । अझै पनि कतिपय मानिसहरू यौन चाहनाको विषयमा खुल्न नचाहने उनले बताए । यसको प्रयोगसम्बन्धी जानकारहरूले भने फोन, फेसबुक, भाइबर, इमोलगायतका विभिन्न सामाजिक सञ्चालमार्फत पनि अर्डर गर्ने गरेको उनले बताए । ‘खुल्ला रूपमा आउन नसक्ने प्रयोगकर्ताहरूका लागि हामीले होम डेलिभरीको व्यवस्था पनि गरेका छौँ,’ उनले भने, ‘जसले गर्दा प्रयोगकर्तालाई पनि सजिलो बनाएको छ ।’
२०६८ वैशाखबाट सुरू भएको चितवन कण्डम हाउसले अर्डर गरे अनुसार सामान भनेकै स्थानमा पु¥याइदिने भएकोले पनि खरिदकर्तालाई सजिलो भएको छ । चितवन कण्डम हाउसले पुरूषले प्रयोग गर्ने टोय दुई हजार ५०० देखि १६ हजार रूपैयाँसम्म र महिलाले प्रयोग गर्ने तीन हजारदेखि नौ हजार रूपैयाँ मूल्य पर्ने टोय बिक्री गर्दै आएको छ । अधिकांश विवाहित मानिसहरूले यो साधनको प्रयोग गर्ने गरे पनि अविवाहित युवायुवतीहरूले पनि प्रयोग गर्दै आएको चितवन कण्डम हाउसका अर्का सञ्चालक तुलसी रिमालले जानकारी दिए ।
साथै आफ्नै योनसाथीसँग यौन सन्तुष्टि नभएकाहरूले पनि टोयको प्रयोग गर्ने गरेको उनले बताए । आफ्नो इच्छा अनुसारको साइजमा टोय खरिद गर्न पाइने भएकोले पनि यसको प्रयोगकर्ताहरू बढ्दै गएको उनको भनाइ छ । टोयसम्बन्धी जानकार भएका व्यक्तिहरूले आफ्नो परिवारका सदस्यहरूका लागि समेत खरिद गर्ने गरेको उनले दाबी गरे ।

The post फेरियो समाज र संस्कृति, चितवनमा यौन खेलौनाका प्रयोगकर्ता बढे appeared first on चितवन पोष्ट.