माओवादी केन्द्रको घरदैलो र कोणसभा

माओवादी केन्द्रको घरदैलो र कोणसभा

रत्ननगर । स्थानीय तहको निर्वाचनको लागि भोट माग्न नेकपा माओवादी केन्द्रले रत्ननगरको वडा नं १५ पिठुवामा शनिबार घरदैलो तथा कोणसभा गरेको छ ।
चुनावी प्रचारप्रसारको लागि आयोजित घरदैलो तथा कोणसभालाई सम्बोधन गदै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई सुवोधले पिठुवालाई कृषिको पकेट क्षेत्र बनाएर प्राथमिकता दिएर विकास गर्ने बताए । कयर खोला सिंचाइ आयोजनाको स्तर उन्नतिको अतिरिक्त भूमिगत सिँचाइ आयोजनाहरु निर्माण गरी कृषि क्षेत्रको आधारशीला निर्माण गर्ने बताए । तरकारी एवम् फलफूल खेतीलाई व्यवसायिकरण गर्ने प्रतिबद्धता समेत जनाए । समग्र वडा र नगरलाई एक घर एक रोजगार बनाउ तथा नगरको समुन्नत भविष्यको लागि माओवादी केन्द्रलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरे । सो अवसरमा उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईले सम्पूर्ण जनताको उत्थानको लागि माओवादी केन्द्रलाई अत्याधिक मतले विजयी गराउनु पर्ने बताइन् । विपन्न, गरिब, सुकुमबासी, दलित, जनजाति, महिलाको उत्थानको लागी क्रियाशील भएर लाग्ने प्रतिबद्धता जनाइन् । भट्टराईले माओवादी केन्द्र विजय भए सम्पूर्ण गरिब जनताको उत्थानको लागि विशेष कार्यक्रम ल्याएर गरिबी निवारण गर्ने बताइन् ।
कार्यक्रममा वडा नं १५ का वडा अध्यक्षका उम्मेदवार द्रोण लामिछानेले वडालाई नमुना क्षेत्रको रुपमा विकास गर्न प्रतिबद्धता जनाए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पन्त, वाईसीएलका प्रकाश पराजुलीलगायत नेता तथा वडा सदस्यका उम्मेदवार सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर इन्चार्ज कञ्चन खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पन्त, वाईसीएलका प्रकाश पराजुली तथा सयौ कार्यकर्ताको सहभागिता रहेको थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारहरुले आइतबार पनि आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । माओवादी केन्द्रका वडा नं. १ देखि १६ सम्मका वडा अध्यक्षहरुले घरदैलो गरी भोट मागेका छन ।

The post माओवादी केन्द्रको घरदैलो र कोणसभा appeared first on चितवन पोष्ट.