माडीमा कांग्रेसको घरदैलो

माडीमा कांग्रेसको घरदैलो

माडी । नेपाली कांग्रेस माडीले आइतबार माडी–५ लक्ष्मीबास र माडी–६ मा कोणसभा गरेको छ ।
मेयर पदका उम्मेदवार खेमप्रसाद महतोले माडीमा स्तरीय सडक सञ्जाललाई गाउँका भित्रि बस्तीसम्म पु¥याइने प्रतिबद्धता जनाएका छन् । माडीका अधिकांश सडक साँघुरा र ग्रोबेलिङ नभएको भन्दै उनले सडक सञ्जाललाई विस्तार गर्ने योजना लिएर अघि बढेको बताए । कांग्रेसको तर्फबाट माडीमा उपमेयर पदमा उम्मेदवारी दिएकी शिवमाया भट्टराईले माडी ठोरी सडकमा पर्ने कैयन खोलामै पुल बनाउन लामो समयसम्म केन्द्रीय बजेट नपर्नु दुःखद भएको बताइन् । उनले निर्वाचित तथा समानुपातिक सांसदले सडक विस्तारका लागि केन्द्रमा दबाब दिन नसकेको बताइन् । आवश्यक स्थानमा पुल, तटबन्धन गर्ने काममा नगरपालिकाको स्रोत तथा केन्द्रीय बजेट भित्राएर माडीमा सहज यातायात सेवा पु¥याउन लागिपर्ने बताइन् । कांग्रेस ठूलो दल भएकाले केन्द्रबाट बजेट पार्न समन्वयकारी भूमिका खेल्न नगरपालिकाको नेतृत्वमा कांग्रेस नेता आउनु अतिआवश्यक रहेको उनले बताइन् ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माडीमा विकासको लहर ल्याउन स्थानीय तहमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उनले सरकारी बजेट ल्याएर बनेका केहि पूर्वाधारलाई केही दलले आफैले लगानी गरेजस्तो दुस्प्रचार गरेको बताए । माडीमा पहिलो पटक विद्युतीकरण योजना पार्न, पहिलो पटक हुलाकी सडक ग्राबेलिङ गर्न, राप्ती पुलमा बजेट पार्न तत्कालीन कांग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पैसा र विरासतका भरमा माडी विकास नहुने भन्दै जनतालाई केन्द्रीय पहुँच भएको दल कांग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।

The post माडीमा कांग्रेसको घरदैलो appeared first on चितवन पोष्ट.