अतृप्त यौवन

अतृप्त यौवन

डा. मतिप्रसाद ढकाल
dhakalmatip@gmail.com
बृहस्पतिका जेठा पुत्र कचलाई शुक्राचार्यकी पुत्री देवयानीले मन पराउँछिन् र आपूmसँग विवाह गर्ने प्रस्ताव पनि राख्छिन्, तर कचले धर्मबहिनी भएकाले देवयानीसँग विवाह गर्न अस्वीकार गर्छन् । त्यसपछि देवयानीले कचलाई सञ्जीवनी विद्या सफल नहुने श्राप दिन्छिन् भने कचले पनि देवयानीलाई कुनै ऋषिपुत्रसँग विवाह नहुने भनेर श्राप दिन्छन् । जलक्रीडामा गएका देवयानी र शर्मिष्ठाका बीचमा वस्त्र अदलबदल हुँदा झगडा हुन्छ र शर्मिष्ठाले देवयानीलाई कुवामा खसालिदिन्छिन् । ययातिले देवयानीलाई कुवाबाट निकाल्छन् । पिता शुक्राचार्यसमक्ष पुगेर देवयानीले सबै वृत्तान्त बताउँछिन् र शुक्राचार्यले सम्झाउँदा पनि देवयानीको असन्तोषको अन्त्य हुँदैन । शुक्राचार्यले शर्मिष्ठाका पिता वृषपर्वालाई हप्काउँछन् र राज्य नै छाडेर जान उद्यत भएको बताउँछन् । त्यसपछि वृषपर्वाको आदेशले शर्मिष्ठा देवयानीको नोकर्नी बनेर देवयानी र शुक्राचार्यलाई सन्तुष्ट दिलाउन तत्पर हुन्छिन् । देवयानी र ययातिका बीचमा वैवाहिक सम्बन्ध गाँसिँदा नोकर्नीका रुपमा शर्मिष्ठा पनि ययातिकै दरबारमा भित्रिन्छिन् । ययाति र देवयानीलाई पुत्रलाभ हुन्छ भने ययाति र शर्मिष्ठाका बीचमा पनि एकान्तमिलन भएपछि पुत्रलाभ हुन्छ । ययातिको समागमबाट शर्मिष्ठालाई पुत्रलाभ भएको थाहा पाएर क्रुद्ध भई देवयानी पिताकहाँ पुग्छिन् र शुक्राचार्यले ययातिलाई यौवनकालमै बूढो हुने श्राप दिन्छन् ।
देवयानीसँगै शर्मिष्ठालाई पनि बिदाइ गर्दा शुक्राचार्यले ययातिलाई ‘शर्मिष्ठासँग सहवास नगर्नू’ भन्ने सर्त मान्न बाध्य पारेका थिए । रजस्वला भएपछि शर्मिष्ठाले ऋतुदान मागेकाले ययातिले बाध्य भएर शर्मिष्ठालाई ऋतुदान गरेका थिए । ययाति र शर्मिष्ठाको मिलनबाट पुत्रलाभ हुनु पूर्वसर्तको विपरीत कार्य भएकाले देवयानी र शुक्राचार्य दुवै ययातिसँग क्रुद्ध हुनु अस्वाभाविक थिएन । राजा ययातिले आपूmलाई दानी ठान्दथे । तसर्थ, शर्मिष्ठाले बारम्बार गरेको ऋतुदानको याचनालाई उनले उपेक्षा गर्न पनि सकेनन् । फलस्वरुप, उनी शुक्राचार्यको सर्तलाई उल्लङ्घन गर्न पुगेका हुन् ।
शुक्राचार्यको श्राप पाएपछि ययाति अत्यन्त चिन्तित भए । त्यसपछि उनले शुक्राचार्यसँग आपूm देवयानीका साथ युवावस्थामा तृप्त नभएको हुँदा कृपा गरेर आप्mनो शरीरमा वृद्धत्वले प्रवेश नगरोस् भन्ने अनुरोध गरे । फलस्वरुप, शुक्राचार्यले ययातिलाई अर्कै व्यक्तिबाट यौवनावस्था प्राप्त गरेर आप्mनो वृद्धत्व अर्का व्यक्तिमा प्रवेश गराउनसक्ने सुविधा प्रदान गरे । ययातिले आप्mनो जुन पुत्रले आपूmलाई यौवनावस्था प्रदान गरेर वृद्धत्व लिन्छ, उसैले राज्यभोग गर्नेछ भन्ने कुरा व्यक्त गरे भने शुक्राचार्यले पनि त्यसलाई स्वीकार गरे ।
देवयानीबाट यदु र तुर्वसु तथा शर्मिष्ठाबाट दु्रह्यु, अनु र पुरू गरी ययातिका पाँचवटा पुत्र जन्मिएका थिए । उनले सर्वप्रथम ज्येष्ठपुत्र यदुसँग आपूm जवानीको भोगबाट तृप्त नभएकाले एकहजार वर्ष युवावस्था प्रदान गर्न आग्रह गरे । खानपीनबाट अनेकौँ दोष उत्पन्न हुने, दाह्रीजुँगा सेता हुने, जीवनको आनन्द समाप्त हुने, दुर्बल र दुब्लो हुने, कुनै कामकाज गर्न नसक्ने, युवतिहरु र नोकरले पनि तिरस्कार गर्ने भएकाले आपूm यौवनावस्थाको बदलामा वृद्धावस्था स्वीकार गर्न असमर्थ रहेको बताए । ययातिले त्यसैगरी तुर्वसुसँग अनुरोध गरे तर उनले पनि बल र रुपको अन्त्य गरी बुद्धि, प्राणशक्ति र कामभोगलाई नाश गर्ने वृद्धावस्था आपूmलाई अस्वीकार्य रहेको ठहर गरे । ययातिले अर्का पुत्र द्रुह्युसँग अनुरोध गर्दा उनले बूढो मान्छे हात्ती, घोडा र रथमा चढ्न नसक्ने, स्त्रीको उपभोग गर्न असमर्थ हुने र बोली पनि लर्खराउने भएकाले आपूmलाई वृद्धावस्था स्वीकार्य नरहेको बताए । त्यसपछि ययातिले पुत्र अनुसँग अनुरोध गरे तर उनले पनि बूढो मान्छे बच्चाले भैmँ असमयमै भोजन गर्ने, अपवित्र रहने र यथासमयमा अग्निहोत्र पनि नगर्ने भएको हुँदा वृद्धावस्था आपूmलाई अस्वीकार्य रहेको ठहर गरे । आपूmलाई यौवनावस्था प्रदान नगर्ने सबै पुत्रहरुलाई ययातिले श्राप पनि दिए ।
सबै पुत्रहरुबाट निराश भएपछि अन्तमा कनिष्ठ प्रिय पुत्र पुरूसँग आपूmलाई एकहजार वर्षसम्म यौवनावस्था प्रदान गरी वृद्धावस्था ग्रहण गर्न अनुरोध गरे । पिताको वचनलाई सहर्ष स्वीकार गर्न पुरू तत्पर भए । गुरूजनहरुको आज्ञा पालन गर्ने मनुष्यका लागि पुण्य, स्वर्ग र आयु प्राप्त हुन्छ, गुरूकै प्रसादद्वारा इन्द्र तीनै लोकको शासन गर्न समर्थ भएका हुन् र गुरूस्वरुप पिताको अनुमति प्राप्त गरेर मनुष्यले सम्पूर्ण कामनाहरुको पूर्ति गर्नसक्छ भन्ने कुरा पुरूलाई थाहा थियो । फलस्वरुप, ययातिले पुरूलाई ‘तिम्रो राज्यमा सबै प्रजाको कामना पूरा होस्’ भन्ने आशीर्वाद दिए र आप्mनो वृद्धावस्था पुरूलाई प्रदान गरी पुरूको युवावस्था आपूmले ग्रहण गरे ।
पुरूबाट एकहजार वर्षसम्मका लागि युवावस्था प्राप्त गरेर ययाति अत्यन्त प्रसन्न भई विषयभोगहरुको सेवन गर्न थाले । यज्ञ, श्राद्ध र दानद्वारा उनले सबैलाई तृप्त गर्दै गए । आपूmलाई एकहजार वर्षसम्म मात्र युवावस्था प्राप्त भएको भन्ने सम्झेर उनी बेला बेलामा अत्यन्त दुःखी पनि हुन्थे र प्रत्येक मिनेट अनि प्रत्येक सेकेन्डको स्मरण गर्दै विषयभोगमा अग्रसर हुन्थे । उनले एकहजार वर्षको अवधि अप्सराहरुसँग रमण गरेरै बिताए । निर्धारित अवधि पूरा भएपछि उनले रूचि, उत्साह र समयानुसार विषयवासनाको उपभोग गरे पनि घिउको आहुति पर्दा अग्नि झन् झन् प्रज्वलित हुँदै गएजस्तै विषयवासनाको उपभोग गरेर मन कहिल्यै तृप्त हुँदो रहेनछ भन्ने अनुभूति उनलाई भयो । यस पृथ्वीमा भएभरका ऐश्वर्यसहित सम्पूर्ण स्त्रीहरु एउटा व्यक्तिका लागि पनि पर्याप्त छैनन्, अर्थात् सम्पूर्ण ऐश्वर्य र स्त्रीहरुको सेवन गर्ने अवसर एउटै मान्छेलाई प्राप्त भए पनि त्यस्तो मान्छे पूर्ण रुपमा कहिल्यै तृप्त हुन नसक्तो रहेछ, त्यसैले तृष्णाको त्याग गर्नुपर्दो रहेछ भन्ने कुरा ययातिले आत्मसात् गरे । एकहजार वर्षसम्म विषयभोग गर्न वरदानस्वरुप यौवनावस्था प्राप्त गर्दा पनि आप्mनो तृष्णा बढिरह्यो भनेर अनन्त तृष्णालाई छाडी परब्रह्म परमात्मामा मन लगाएर द्वन्द्व र ममताले रहित भई वनमा गएर मृगका साथमा विचरण गर्छु भन्ने प्रतिज्ञा गर्न ययाति अग्रसर भएका हुन् ।
विषयभोग गर्ने यौवनावस्थाबाट मान्छे कहिल्यै पनि अघाउँदो रहेनछ भन्ने शाश्वत चिन्तनको अनुभूति गरेर ययातिले आप्mनो आज्ञा शिरोपर गर्ने प्रिय पुत्र पुरूलाई राज्यको उत्तराधिकार सुम्पने निर्णय गरेपछि शुक्राचार्यका नाति र देवयानीका ज्येष्ठ पुत्र यदु हुँदाहुँदै पुरूले कसरी उत्तराधिकार पाउन थाले ? भन्ने जिज्ञासा सबै प्रजाका सामु उत्पन्न हुनु अस्वाभाविक होइन । पिताको प्रतिकूल हुने पुत्र वास्तवमा पुत्र मानिँदैन र जसले मातापिताको आज्ञा मान्छ, हित चिताउँछ अनि अनुकूल आचरण गर्छ वास्तवमा त्यही पुत्र मानिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दै यदुमात्र होइन तुर्वसु, द्रुह्यु र अनुले पनि आप्mनो वचनलाई तिरस्कार गरेको हुँदा तिनीहरु सबै राज्यको उत्तराधिकार प्राप्त गर्नबाट वञ्चित भएका हुन् । पुरूले मित्ररुपमा आप्mनो कामना पूरा गरेकाले र शुक्राचार्यले पनि ‘जसले तिम्रो आज्ञाको अनुसरण गर्छ, त्यही पुत्र राजा हुनेछ’ भन्ने वरदान दिएकाले पुरूलाई राज्यको उत्तराधिकार सुम्पन खोजेको वास्तविक रहस्य बताएपछि सबै प्रजाहरुले चित्त बुझाएका थिए ।
‘वाराङ्गनेव नृपनीतिरनेकरूपा’ भनेर नीतिकार भर्तृहरिले राजनीतिलाई वेश्यावृत्तिसँग तुलना गरेका थिए । राजनीतिक वेश्यावृत्तिमा पवित्रताले ठाउँ पाउन सक्तैन भने यौवन र धनको उन्मादले पनि मान्छेलाई चोख्याउन दिँदैन । एकहजार वर्षसम्म यौवनावस्था प्राप्त गरेर अविच्छिन्न रुपमा विषयभोग गर्दा पनि कामवासना र ऐश्वर्यको भोगबाट राजा ययाति तृप्त हुन सकेनन् भने मुस्किलले हामीलाई प्राप्त भएको ६०÷७० वर्षको अल्पायुमा हामीले अमूल्य मानवजीवनलाई कामवासना र ऐश्वर्यको भोगमै लगाइरह्यौँ भने हाम्रो यौवनावस्थामात्र होइन, सम्पूर्ण जीवन नै अतृप्त भएरै समाप्त हुनेछ भन्ने कुरामा हामीहरु यथासमयमै सचेत हुनु जरूरी देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, 'गैँडाकोट')

The post अतृप्त यौवन appeared first on चितवन पोष्ट.