कांगे्रसको साइकल ¥याली र कोणसभा

कांगे्रसको साइकल ¥याली र कोणसभा

रत्ननगर । नेपाली कांग्रेस निकट महिलाहरुले मंगलबार रत्ननगर–१२ मा साइकल ¥याली निकालेका छन् ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारको लागि महिला परिचालन समितिको आयोजना भएको ¥याली शालघारीको पञ्चकन्या निमाविबाट सुरू भई घेगौली, पञ्चकन्या चोक, डाँडागाउँ ,जमुनापुर, जिरौना, बाघदेवी टोलहुँदै जमुनापुरमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेस नेताहरुले रत्ननगरको विकासलाई उचाइमा पु¥याउन कांग्रेसलाई जिताउनु पर्ने बताएका थिए ।
महिला परिचालन समितिकी संयोजक गीता देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय सभापति कुमार कार्की, जिल्ला सहसचिव सूर्य अर्याल, वडा अध्यक्षका उम्मेदवार वीरबहादुर पाख्रिन, वडा संयोजक श्रीकृष्ण घिमिरे, नवराज लामिछानेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक निर्मला ढकालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेकी थिइन् ।
त्यसैगरी रत्ननगरको प्रचारप्रसारका क्रममा वडा नम्बर ४, १३, ९, २ लगायतका वडाहरुमा घरदैलो तथा चुनावी सभा गरिएको छ । रत्ननगर–१५ मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मुलुकको विकासमा कांग्रेसको महत्वपूर्ण हात रहेको बताउदै अब गाउँको विकासमा पनि जनताले कांग्रेसलाई साथ दिए अतुलनीय परिवर्तन गर्न सक्ने बताए । सो अवसरमा कांग्रेसका तर्फबाट नगर प्रमुखका प्रत्यासी रुपनराज घिमिरेले जनताको दुःखसुखको सहयात्री आफ्नो समूह रहेकाले हरेक दुःखमा सहयोग गर्नेलाई विजयी गराउनका लागि आग्रह गरे ।
यस्तै रत्ननगर नगरपालिको वडा नम्बर ३ मा वृहत मोटरसाइकल ¥याली सम्पन्न गरिएको छ । नगर प्रमुख र उपप्रमुखसहितको सो ¥यालीलाई सम्बोधन गर्दै नगर उपप्रमुखकी उम्मेदवार नीता ढकालले जनताको चाहना विकास रहेकाले अबको समय विकासको रहेको भन्दै महत्वकांक्षी योजनाको पछि नालाग्नसमेत आग्रह गरिन् ।

The post कांगे्रसको साइकल ¥याली र कोणसभा appeared first on चितवन पोष्ट.