पञ्चकन्या सामुदायिक वन पर्यटकीय गन्तव्य

पञ्चकन्या सामुदायिक वन पर्यटकीय गन्तव्य

रत्ननगर । नेकपा एमालेबाट रत्ननगर नगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेताहरुले जनतासँग भोट माग्न सोमबार वडा नं.११ मा घरदैलो र चुनावी सभा गरेका छन् ।
घरदैलोपछि आयोजित चुनावी सभामा मेयर पदका उम्मेदवार नारायण वनले रत्ननगरको उत्तरी भेगमा रहेको पञ्चकन्या सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाएका छन् । उनले पञ्चकन्या सामुदायिक वनमा स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बनाएर स्थानीयवासीको आयआर्जनमा सहयोग गर्ने बताए । सरकारले सो वनमा कृष्णसार ल्याउने तयारी गरिरहेको भन्दै उनले वन व्यवस्थापन गरी वन्यजन्तुको बासस्थानको हिसाबले उत्कृष्ट वन बनाउने बताए । ‘वन्यजन्तु भएपछि पर्यटक आउँछन्’ उनले भने, पर्यटक आएपछि यहाँका जनताको आयआर्जनमा सहयोग मिल्छ ।
सौराहामा आएका पर्यटकलाई पञ्चकन्या वनमा आउनै पर्ने अवस्थाको सृजना गर्ने उनको भनाइ थियो । नेता वनले वडा नं. ११ लाई नमुना वडाको रुपमा विकास गर्न सडक मर्मत र स्तरोन्नति, प्रणामी मन्दिरलाई कलात्मक बनाउने, खानेपानीलाई सहज बनाउने, शिक्षा र स्वास्थ्यलाई आधुिनकीकरण गरेर रोजगारमूलक शिक्षा प्रदान गर्ने योजना रहेको बताए । उनले आफूले चुनाव जितेर सेवा गर्ने अवसर पाए रत्ननगरको सुकुमबासी समस्यालाई निर्मुल पार्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार विमला दुवाडीले विकास निर्माणसँगै रत्ननगरका जनतालाई सामाजिक न्याय दिलाउन आफूले उम्मेदवारी दिएको बताए । ‘मलाई तपाइँहरुको अमूल्य मत दिएर विजयी गराउनुहोस्’ उनले भनिन्, ‘म तपाइँहरुलाई अन्यायमा पर्न दिन्न ।’ सो वडामा मेयर, उपमेयरसहित वडा अध्यक्षका उम्मेदवार श्यामकुमार श्रेष्ठ तथा वडा सदस्यका उम्मेदवारहरुले घरदैलो गरी जनतासँग भोट मागेका थिए ।
यसैबीच निर्वाचन प्रचारप्रसारको लागि एमालेले रत्ननगर वडा नंं.६ को दोरङगीचोकमा चुनावी सभा गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार रामजी चौधरी, जिल्ला कमिटी सदस्यहरु राजाराम रेग्मी, चण्डिका ढकाल, प्रदेश कमिटी सदस्य लक्ष्मी पोखरेल, एमाले नेता कपिलदेव सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा कमिटी अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको थियो । त्यसैगरी नेकपा एमाले रत्ननगर वडा नंं. १ ले मंगलबार मोटरसाइकल ¥याली निकालेको छ । निर्वाचनको प्रचारप्रसारको लागि वडा अध्यक्षका उम्मेदवार रामशरण कुँवरसहित मोटरसाइकल ¥याली निकालेका हो । बकुलहरबाट सुरू भएको सो ¥याली निपनी, भक्तिनी बगैचा, सौराहाचोक हँुदै बकुलहरमै पुगेर कोणसभामा परिणत भएको थियो । सो अबसरमा वडा अध्यक्षका उम्मेदवार रामशरण कुँवरले आफूले चुनाव जिते बकुलहरमा घण्टाघरसहित सौराहाचोकमा आकर्षक प्रवेशद्वार निर्माण गर्ने बताए । उनले वडालाई नमुना बनाउन सडक मर्मत र विस्तार, खानेपानी विस्तार, ढल निकास, सामुदायिक विद्यालयको गुणस्तर विकास, महिला तथा बालबालिकाको विकासका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए । वडा नं.१ ले विकासका योजनासहित जनतासँग भोट माग्न घरदैलो, चुनावी सभा र मोटरसाइकल ¥याली गरिरहेको छ ।

The post पञ्चकन्या सामुदायिक वन पर्यटकीय गन्तव्य appeared first on चितवन पोष्ट.